पार्टीको १५ औँ महाधिवेशनमा सभापतिमा दाबेदार रहन्छ : नेता कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५ औँ महाधिवेशनमा आफू सभापतिको दाबेदार रहेको बताएका छन् । २०८२ सालमा कांग्रेसको महाधिवेशन हुने नहुने टुंगो नभइरहेको बेला कोइरालाले आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् ।
विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू अघिल्लो महाअधिवेशनमा पराजित निकटतम प्रतिद्वन्द्वी भएका कारण पनि सभापतिमा स्वतः दाबी रहने बताए । उनले देशभर भ्रमण गरेर नेता कार्यकर्ता भेटघाटमा गरिरहेको पनि बताए ।
अर्को प्रसंगमा उनले कोशी प्रदेश सरकारका विषयमा केन्द्रमा छलफल भइरहेकाले एक साताभित्र कांग्रेस सहभागी हुने सम्भावना रहेको बताए । कोइरालाले मुलुकलाई स्थायित्व दिन ठुला दल मिलेको बताए ।
नेता कोइरालाले राजनीतिक स्थायित्वका लागि संविधानमा सुधार गर्नुपर्ने र निर्वाचन प्रणाली संशोधन आवश्यक रहेको पनि उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटाैँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुने
-
कर्जाको माग बढाउने गरी मौद्रिक नीति आउनुपर्छ : श्रेष्ठ
-
हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुने
-
बहुदरमाई नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत र सुब्बा अख्तियारको नियन्त्रणमा
-
...त्यसपछि खुल्यो गण्डकी प्रदेशसभाको संसद् अवरोध
-
बजेट पैतृक सम्पत्तिजस्तो गरी वितरण गरियाे : प्रभु साह