मङ्गलबार, २५ मङ्सिर २०८१
ताजा लोकप्रिय

विद्यार्थीहरुद्वारा परीक्षा नियन्त्रण कार्यालयमा किताब पढेर विरोध प्रदर्शन

बिहीबार, ३१ साउन २०८१, २० : २७
बिहीबार, ३१ साउन २०८१

काठमाडौँ । नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीलगायत विभिन्न विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा धर्ना थालेको छ । विद्यार्थीमैत्री प्रशासन नभएको भन्दै उनीहरुले कार्यालयमा धर्ना दिएका हुन् ।

रचनात्मक रूपमा कार्यालयमा किताब पढेर विरोध प्रदर्शन गरेको अखिल क्रान्तिकारी त्रिवि जिल्ला कमिटी अध्यक्ष प्रदीप भट्टले बताए ।

विद्यार्थीहरुले ट्रान्सकृप्ट कहिले बन्छ भनेर सोध्दा तपाई आतंककारी हो भन्ने जवाफ प्रशासनबाट आउने गरेको, विद्यार्थीको भविष्यमाथि  खेलबाड गर्ने गरेको जस्ता कारण देखाउँदै आन्दोलन थालिएको उनको भनाइ छ ।

कार्यालयभित्रै बसेर उनीहरुले बल्खुको चमत्कार, नतिजा हेर्न नमिल्ने वेबसाइट, एउटा प्रमाणपत्र बनाउन सात महिना धाइसके अब कति धाउने ? विद्यार्थीको भविष्यमाथि खेलबाड कहिलेसम्म ? विद्यार्थी प्रशासन कहिले बन्छ ? जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर आन्दोलन थालेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप