राप्रपा अध्यक्ष लिङ्देन अष्ट्रेलिया प्रस्थान
शुक्रबार, ३२ साउन २०८१, ०९ : ५८
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भगिनी संस्था प्रवासी नेपाली सङ्गठनको निमन्त्रणामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलियाको मेलवर्नतर्फ प्रस्थान गरेका छन् ।
मेलवर्नलगायत अष्ट्रेलियाका विभिन्न नगरमा हुने सङ्गठनका कार्यक्रममा सहभागी हुन गए राति उनी त्यसतर्फ प्रस्थान गरेको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।
राप्रपा अध्यक्ष लिङ्देनका साथ पार्टीको प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की रहेका छन् । उनी भदौ १० गते स्वदेश फर्कने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठमेलको क्लबमा बालबालिका प्रवेश गराउनेहरू विरुद्ध प्रहरीले थाल्यो अनुसन्धान
-
सहरी विकास मन्त्रालय मातहतका आयोजनाहरूमा २ अर्ब ८८ करोडभन्दा बढीको क्षति
-
प्रधानमन्त्री राहत कोषमा एनआरएनएद्वारा ५१ लाख सहयोग
-
गौशाला धर्मशालामा काठमाडौँ महानगरपालिकाले राख्यो आफ्नो बोर्ड (तस्बिरहरू)
-
जय अम्बे स्टील्सले प्रिमियम मूल्यमा आईपीओ ल्याउने
-
अमेरिकाले चीनको विकास किन रोक्न सक्दैन ?