मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

वीपी संग्रहालयमा नेविसंघको नाराबाजी

बुधबार, २६ वैशाख २०७५, १० : ५५
बुधबार, २६ वैशाख २०७५

काठमाडौं– काँग्रेस भातृ संगठन नेविसंघ दुई समूहले एकै स्थानमा कार्यक्रम राखेपछि सुन्दरीजलस्थित वीपी संग्रहालयमा कडा सुरक्षा सर्तकता अपनाइएको छ ।

कार्यक्रममा झडप समेत हुन सक्ने भन्दै सुरक्षा सर्तकता कडा बनाएको बताइएको छ । 

वीपी संग्रहालयमा नेबिसंघ सभापति नैन सिंह महरको समुहले प्रशिक्षण कार्यक्रम राखेको छ भने महामन्त्री कुन्दन काफ्ले नेतृत्वको समुहले छलफल तथा अन्तरक्रिया कार्यक्रम राखेको छ । 

सुन्दरीजलस्थित बिपी संग्रहालयमा  आयोजना गरिएका दुवै कार्यक्रम बिहान ८ बजे सुरु हुने भनिएपनि अहिलेसम्म सुरु हुन सकेका छैनन् ।

दुवै समूहले आयोजना गरेको कार्यक्रममा अतिथिका रुपमा बोलाइएका केन्द्रीय नेताहरु समेत पुगेका छैनन् ।

प्रशिक्षण कार्यक्रममा लागि आएका विद्यार्थीहरु भित्री हलमा प्रवेश गरेका छन् भने संग्रहालय परिसरमा बनाइएको मञ्च वरपर काफ्ले समुहका विद्यार्थीहरुले नारावाजी गरिरहेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप