नार्कका वैज्ञानिक कर्मचारी आन्दोलनमा

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद्का कर्मचारीहरूले प्राविधिक र प्रशासनिक समूहका कर्मचारीको समान तलबमान कायम गर्न दिएको अदालतको आदेश कार्यान्वयनमा आनाकानी गरेको भन्दै आन्दोलन थालेका छन् । कर्मचारीहरूले समान तलबमानको माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।
उक्त रिटमा उच्च अदालत पाटनले समकक्षी प्राविधिक प्रशासनिक कर्मचारीसँगको समान आधारभूत मासिक तलबमानलाई असमान कार्य गर्नु विभेदकारी भएको ठहर गर्दै २०८१ साउन १ बाट लागू हुने गरी समान तलबमान कायम गर्न परमादेश जारी गरेको थियो । तर, नार्क व्यवस्थापनले अझैसम्म अदालतको आदेश कार्यान्वयनमा आनाकानी गरेकाले भदौ ५ गतेबाट चरणबद्ध आन्दोलनमा उत्रिनुपरेको कर्मचारीहरूले बताएका छन् ।
कर्मचारीहरूले विरोधका कार्यक्रमबाट अनुसन्धान तथा दैनिक प्रशासनिक कार्यमा पर्न जाने क्षति तथा असुविधाको सम्पूर्ण जिम्मेवार नार्क व्यवस्थापन नै हुने चेतावनी दिएका छन् । उनीहरुले नार्कका निमित्त कार्यकारी निर्देशकको कार्यकक्षमा तालाबन्दी समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
खुम्बुमा एकैदिन सात सय पर्यटक प्रवेश, होटल भरिभराउ
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो फल ?
-
कति पुग्यो अमेरिकी डलरको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ
-
२०८२ सालका लागि चार नयाँ ‘पात्रो’ पञ्चाङ्गलाई स्वीकृति, कुल १८ पात्रो
-
प्रिमियर लिगमा तेस्रो स्थानको नटिङघमलाई सफलता