निजी क्षेत्रलाई पनि अख्तियारले छानबिन गर्नुपर्छ : सुवाल
बुधबार, ०५ भदौ २०८१, १२ : ३९

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भ्रष्टाचार मुद्दामा अख्तियारले छानबिन गर्न सक्ने कानुनी व्यवस्था गर्नुपर्ने माग गरेका छन् । संसद्को राज्य व्यवस्था समिति बैठकमा बुधवार बोल्दै उनले सो कुरा बताएका हुन् ।
सुवालले अहिले भ्रष्टाचार नेता र व्यापारी मिलेर गर्ने भएकाले निजी क्षेत्रलाई पनि अनुसन्धानको दायरमा ल्याउनुपर्ने माग उनले गरे। उनले विगतमा एक जना पनि नेताको काठमाडौँमा घर नभएको तर अहिले बङ्गला र गाडीहरू कसरी आयो भन्दै प्रश्न समेत गरे । सुवालले छानबिनका लागि आयोग बनाउन समेत उनले माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशसभा बैठक स्थगित
-
विदेशी कामदार विस्थापित गरेर स्वदेशी कामदारलाई रोजगारी सिर्जना गर्ने यस्तो छ सरकारी रणनीति
-
ग्वार्को चोकमा बनेको ‘ओभरपास’ उद्घाटन
-
शीर्ष तीन दलबिचको बैठकमा के भयो छलफल ?
-
चीन–दक्षिण एसिया प्रदर्शनीमा नेपालीहरूको उल्लेख्य सहभागिता
-
विपद् जोखिम न्यूनीकरणको तयारीमा लाग्न प्रचण्डको आग्रह