आइतबार, २३ मङ्सिर २०८१
ताजा लोकप्रिय

टिकटकमाथिको प्रतिवन्ध हटाउने सरकारको तयारी

बिहीबार, ०६ भदौ २०८१, ११ : २७
बिहीबार, ०६ भदौ २०८१

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ ।

आज बिहीबार साँझ बस्ने मन्त्रिपरिषद् बैठकमा टिकटकमा यसअघि सरकारले लगाएको प्रतिबन्ध हटाउने प्रस्ताव लैजाने तयारी भएको सूचना तथा सञ्चार मन्त्रालय स्रोतले जनाएको छ । 

मन्त्रिपरिषद्को बैठक साँझ ५ बजे बस्दै छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार मन्त्रीस्तरीय निर्णय गरेर टिकटक खोल्ने प्रस्ताव तयार पार्न निर्देशन दिएको र सोही अनुसार आजको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजान लागिएको मन्त्री गुरुङ निकट स्रोतको भनाइ छ ।

‘आजको मन्त्रिपरिषद् बैठकमा टिकटकको प्रतिबन्ध हटाउने गरी प्रस्ताव जाँदैछ, सम्भवतः आजैबाट फुकुवा होला’, मन्त्रालय स्रोतको भनाइ छ ।

यसअघि टिकटकले सञ्चार मन्त्रालयलाई प्रतिबन्ध फुकुवा गरिदिन अनुरोध गर्दै पत्र लेखेको थियो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको  सरकारले सामाजिक सद्भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको भन्दै गत वर्ष २७ कात्तिकको मन्त्रिपरिषदमा निर्णय गरेर टिकटकमाथि प्रतिबन्धको घोषणा गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?