आइतबार, ३० भदौ २०८१
ताजा लोकप्रिय

रङ्गकर्मी केदार श्रेष्ठलाई ‘युवा वर्ष मोती पुरस्कार’ प्रदान

मङ्गलबार, १८ भदौ २०८१, १२ : ४१
मङ्गलबार, १८ भदौ २०८१

 काठमाडौँ । १५९ औँ मोती जयन्तीको अवसरमा २०८१ को ‘युवा वर्ष मोती पुरस्कार’ युवा बालसाहित्यकार तथा रङ्गकर्मी केदार श्रेष्ठलाई अर्पण गरिएको छ । एक समारोहबिच ४० हजार रुपैयाँको थैली र सम्मानपत्रले प्रा.डा.माधवप्रसाद पोखरेलको हातबाट उनलाई पुरस्कृत गरियो ।

प्रा. रामकुमार पाँडेको संयोजकत्वमा राष्ट्रिय युवा सेवा कोषद्वारा गठित मूल्याङ्कन समितिको सिरिसको आधारमा श्रेष्ठलाई पुरस्कार प्रदान गरिएको हो । बालसाहित्य र रङ्गमञ्चमार्फत नेपाली भाषा, कला, साहित्य र संस्कृतिमा योगदान पुर्‍याएका भन्दै उनलाई यो पुरस्कार प्रदान गरियो ।

पुरस्कृत श्रेष्ठ बालसाहित्य क्षेत्रमा कथा लेखन, कथा–कथन, बालनाटक, चलचित्र लेखन, निर्देशनमा सक्रिय छन् । साथै उहाँ समकालीन कला–साहित्य क्षेत्रमा प्रतिबद्ध युवा रङ्गकर्मी र चलचित्रकर्मीको रूपमा परिचित छन् ।

नेपाली साहित्यमा युवा पुस्तालाई प्रेरणा दिने महत्त्वपूर्ण पुरस्कार मानिने यस पुरस्कार राष्ट्रिय विभूति साहित्यकार मोतीराम भट्टको सम्झनामा वि.सं.२०४२ मा स्थापना भएको हो । ४० वर्ष ननाघेका युवा सर्जकलाई नियमित प्रदान गरिँदै आएको ‘युवा वर्ष मोती पुरस्कार’ सर्वप्रथम साहित्यकार दैवज्ञराज न्यौपानेलाई प्रदान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप