‘रहस्यमय ज्वरो’ ले बिहारमा तीन दिनमा तीन बच्चाको मृत्यु

पटना । भारतको बिहार राज्यको अररिया जिल्लाको रानीगञ्ज गाउँमा पछिल्ला तीन दिनमा ज्वरोका कारण तीन बालबालिकाको निधन भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार चिकित्सा विज्ञहरूले मृत्युको कारण पत्ता लगाउने कोसिस गरिरहेका छन् ।
बालबालिकाको मृत्यु ‘एक्युट इन्सेफलाइटिस सिन्ड्रोम’ (एईएस)का अर्थात् मस्तिष्क ज्वरोका कारण भएको आशङ्का गरिएको छ । मर्नेमा ४ वर्षको बालक, ७ वर्षकी बालिका र २ महिनाको बालक छन् ।
शनिबार, आइतबार र सोमबार गरेर ज्वरोका कारण बालबालिकाको मृत्यु भएपछि गाउँ नै त्रस्त बनेको छ । मृत्यु हुनुअघि बालबालिकाहरूमा खोकी–ज्वरो र निमोनिया जस्ता लक्षण देखिएको बताइएको छ ।
गाउँका अन्य बालबालिकामा पनि यस्ता लक्षण देखिएका छन् कि भनेर चिकित्सकहरूको एउटा टोली खटाइएको छ । जिल्लाका सिभिल सर्जनहरूले पनि स्थितिको निगरानी गरिरहेका छन् ।
बालबालिकाहरूको अन्तिम संस्कार गरिसकेकोले मृत्युको सही कारण पत्ता लाग्न नसकेको समाचारमा उल्लेख छ । सो गाउँमा अन्य तीन जना बालबालिकामा पनि यस्तै लक्षण देखिएको छ । डाक्टरहरूले उनीहरूको अवस्थालाई लगातार निगरानी गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शंखरापुरमा पत्नीको हत्या गरेर भागेका आरोपी पक्राउ
-
‘कर्णालीमा आउन सचिवको लहर चलेको भनेर एमाले महासचिवले फन्टुस कुरा गरे’
-
कोशी प्रदेश योजना बैंकमा दैनिक हजार बढी योजना ‘इन्ट्री’
-
कसैलाई हिरासतमा थुनेर जनताको निराशा हटाउन सकिन्न : जनार्दन शर्मा
-
अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो
-
ट्रम्पको गतिविधि हेरेर छक्क परेर बस्ने छुट हामीलाई छैन