बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय

‘रहस्यमय ज्वरो’ ले बिहारमा तीन दिनमा तीन बच्चाको मृत्यु

बुधबार, १९ भदौ २०८१, १७ : ४१
बुधबार, १९ भदौ २०८१

पटना । भारतको बिहार राज्यको अररिया जिल्लाको रानीगञ्ज गाउँमा पछिल्ला तीन दिनमा ज्वरोका कारण तीन बालबालिकाको निधन भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार चिकित्सा विज्ञहरूले मृत्युको कारण पत्ता लगाउने कोसिस गरिरहेका छन् । 

बालबालिकाको मृत्यु ‘एक्युट इन्सेफलाइटिस सिन्ड्रोम’ (एईएस)का अर्थात् मस्तिष्क ज्वरोका कारण भएको आशङ्का गरिएको छ । मर्नेमा ४ वर्षको बालक, ७ वर्षकी बालिका र २ महिनाको बालक छन् । 

शनिबार, आइतबार र सोमबार गरेर ज्वरोका कारण बालबालिकाको मृत्यु भएपछि गाउँ नै त्रस्त बनेको छ । मृत्यु हुनुअघि बालबालिकाहरूमा खोकी–ज्वरो र निमोनिया जस्ता लक्षण देखिएको बताइएको छ ।

गाउँका अन्य बालबालिकामा पनि यस्ता लक्षण देखिएका छन् कि भनेर चिकित्सकहरूको एउटा टोली खटाइएको छ । जिल्लाका सिभिल सर्जनहरूले पनि स्थितिको निगरानी गरिरहेका छन् । 

बालबालिकाहरूको अन्तिम संस्कार गरिसकेकोले मृत्युको सही कारण पत्ता लाग्न नसकेको समाचारमा उल्लेख छ । सो गाउँमा अन्य तीन जना बालबालिकामा पनि यस्तै लक्षण देखिएको छ । डाक्टरहरूले  उनीहरूको अवस्थालाई लगातार निगरानी गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?