एआईजी ज्ञवालीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । प्रहरीका एआईजी श्यामलाल ज्ञवाली र ३ जना डीआईजीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
उमेरहदका कारण अवकाश नगर्न माग गर्दै एआईजी ज्ञवाली, डीआईजीहरु केदार ढकाल, राजेशनाथ बास्तोला र यज्ञविनोद पोखरेलसहित ५ जनाले रिट दायर गरेका थिए । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालले अन्तरिम आदेश दिन अस्वीकार गरेका हुन् । सर्वोच्च अदालतले सो मुद्दालाई अग्राधिकार प्रदान गरेको छ ।
प्रहरी अधिकृतहरूले दर्जागत उमेरका कारण अवकाश रोक्न अन्तरिम आदेश माग गरेका थिए । रिट दायर गर्नेमा इन्स्पेक्टर नागेन्द्र ठाकुर पनि छन् ।
प्रहरी नियमावली–२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डीआईजी तथा एआईजीहरु ५६ वर्ष उमेर पुरा भएमा अवकाशमा जान्छन् । श्याम ज्ञवाली ५६ वर्षे उमेरहद पुरा गरेर भदौ २५ मा अवकाशमा जाँदै छन् ।
डीआईजीहरु राजेश बास्तोला, केदार ढकाल र यज्ञ विनोद पोखरेल पनि छोटो समयमा अवकाशमा जाँदै छन् । अर्का एआईजी रामदत्त जोशी असोज १६ मा उमेरहदका कारण अवकाश हुन लागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रलाई हराउँदै भलिबलको उपाधि पुलिसलाई
-
घर–घरमा स्वच्छ खानेपानी पुर्याउनु सरकारको प्रमुख लक्ष्य हो : मन्त्री यादव
-
अख्तियार र सीआईबीको कर्मचारी भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ
-
‘ट्रेडमार्क र पेटेन्टको मुद्दामा आउने विवादबारे सरकारले विशेष कानुनी व्यवस्था गर्नुपर्छ’
-
आउ, सँगसँगै शिक्षक आन्दोलनमा जाऔँ
-
कलैयाको योगशिला अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन