बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

माओवादी घटक प्रवासका दुई सङ्गठनबिच एकता घोषणा

शुक्रबार, २१ भदौ २०८१, १४ : ४५
शुक्रबार, २१ भदौ २०८१

काठमाडौँ । माओवादी घटक प्रवासका दुई सङ्गठनबिच एकताको घोषणा भएको छ । नेकपा (बहुमत) समर्थित प्रवास सङ्गठन नेपाली जनप्रगतिशील मोर्चा युएई र नेकपा (माओवादी केन्द्र) समर्थित नेपाली जनप्रगतिशील मन्च युएईबिच एकता घोषणा भएको हो । 

एकता घोषणा भएको जानकारी दिन जारी विज्ञप्तिमा टुटफुट र विभाजनले सिङ्गो आन्दोलनलाई पुगेको क्षतिबाट शिक्षा लिँदै सम्पूर्ण पार्टी, नेता, कार्यकर्ता एवं शुभचिन्तकहरूलाई माओवादी आन्दोलनलाई एकीकृत हुँदै अघि बढाउन आग्रह गरिएको छ । 

नेपाली जनप्रगतिशील मन्च, युएईका अध्यक्ष लक्ष्मण खनाल र नेपाली जनप्रगतिशील मोर्चा, युएईका इन्चार्ज सम्मर खत्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनयुद्धबाट आएका शक्तिहरू टुटफुट र विभाजन हुँदा प्रतिकृयावादी शक्तिहरूले परिवर्तनका विरुद्ध प्रतिगामी कदम चाल्न सक्ने र जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई षड्यन्त्रमूलक ढङ्गले सिध्याउने र देशलाई पुरानै स्थितिमा लैजान सक्ने अवस्था छ । त्यसैले परिवर्तनकारी शक्तिहरूको आजको आवश्यकता फुटेर होइन जुटेर मात्रै प्राप्त उपलब्धिको रक्षा गर्न सकिन्छ भन्ने हाम्रो निष्कर्ष हो ।’

prabas

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप