पोतोङतार्नको थाइल्याण्डको प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण

बैंकक । थाइल्याण्डको नयाँ प्रधानमन्त्रीका रूपमा शुक्रबार पोतोङ्तार्न सिनावात्राले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन् । पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी पोतोङ्तार्नले थाइल्याण्डका राजा महा वजिरालोङ्कर्नसँग स्थानीय समय अनुसार साँझ ६ः१५ बजे बन्द कोठामा आयोजित समारोहबीच शपथ लिएकी हुन् ।
पोतोङुतार्नको सपथ ग्रहणसँगै प्रर्व प्रधानमन्त्रीलाई पदबाट हटाएको र मुख्य विपक्षी दल विघटन भएको एक महिनाको राजनीतिक गतिरोध अन्त्य भएको छ । पेतोङ्तार्नले सपथपछि सरकारी गाडीमा चढ्नुअघि र सरकारी भवनबाट निस्कनुअघि पत्रकारहरूलाई अभिवादन गरेको भिडियो थाई सञ्चारमाध्यमले देखाएका छन् ।
सपथग्रहणपछि थाई नरेशले आफ्नो नयाँ मन्त्रीमण्डललाई बधाई दिँदै टेलिभिजनमा प्रसारित सम्बोधनमा वजिरालोङ्कर्नले भने, “मलाई विश्वास छ कि तपाईंले आफ्नो कर्तव्यहरू उत्कृष्टताका साथ पूरा गर्नुहुनेछ। ”
राज्यको संवैधानिक अदालतले अगस्टको मध्यमा आपराधिक अभियोग लागेका एक क्याबिनेट मन्त्री नियुक्त गरेको आरोपमा फेउ थाई पार्टीका सेरेथा थाभिसिनलाई बर्खास्त गरेपछि उनको स्थानमा पोतोङतार्नलाई नियुक्त गरिएको हो ।
सार्वजनिक प्रसारक थाई पीबीएसका अनुसार पेतोङतार्नको ३६ सदस्यीय मन्त्रिमण्डलमा आठ जना महिला छन् । यो जुन थाइल्याण्डका लागि एक रेकर्ड हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्सको लियोंलाई हराउँदै म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमीफाइनलमा
-
विदेशी मुद्रा, आज कसको मूल्य कति ?
-
आज विश्व सम्पदा दिवस मनाइँदै
-
आजदेखि तीन दिन कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित