मनाश्लु क्षेत्रभित्र शुल्क लिने निर्णयको टानले जनायो आपत्ति
पोखरा । मनाश्लु संरक्षण क्षेत्र आयोजनाभित्र रहेको गोरखाको चुमनुब्री गाउँपालिकाले पर्यटकसँग छुट्टै शुल्क लिने निर्णय गरेपछि ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले आपत्ति जनाएको छ ।
चुमनुब्रीले बिहीबार सर्वपक्षीय बैठक बसेर तत्कालै पर्यटकसँग शुल्क लिने निर्णय गरेको थियो । उक्त निर्णय असोज १ अगावै कार्यान्वयन हुने प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए । शुल्क लिने निर्णय कार्यान्वयनमा नजाँदै टानले विरोध जनाएको हो । गण्डकी प्रदेशका पर्यटनमन्त्रीलाई ज्ञापनपत्र बुझाएर टानले तत्कालै निर्णय खारेजीको माग गरेको हो ।
चुमनुब्रीले आफ्नो पालिका छिर्ने विदेशी पर्यटकसँग प्रतिव्यक्ति एक हजार र नेपाली पर्यटकसँग २ सय रुपैयाँ लिने निर्णय गरेको छ । पालिकाहरुले आफूखुसी पर्यटन शुल्क तोक्दै जाँदा पर्यटक अन्यत्र डाइभर्ट हुने खतरा रहेको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । ‘गण्डकीमा पदयात्रा राम्रोसँग चल्ने १३ वटा पालिकाहरु छन्,’ उनले भने, ‘एकपछि अर्को पालिकाले पर्यटन शुल्क लिन थाल्ने हो भने पर्यटक किन आउँछन् ? बरु अन्यत्रै जान्छन् नि ।’
यसअघि कास्कीको माछापुच्छ्रे«े गाउँपालिकाले पनि विदेशीसँग ५ सय र नेपालीसँग १ सय रुपैयाँ लिने निर्णय गरेर कार्यान्वयन गरिरहेको छ । गत वर्ष मात्रै १५ लाख रुपैयाँ आम्दानी गरिएको उपाध्यक्ष सीता अधिकारीले जानकारी दिइन् । त्यहाँबाट संकलन भएको रकम पर्यटकीय क्षेत्रहरूको व्यवस्थापनमा खर्च भएको उनको भनाई छ । टानका पूर्वअध्यक्ष धर्मराज पन्थीले पर्यटनको सिजन सुरु हुन लाग्दा यस्ता समाचारहरुले असर पर्ने भन्दै सचेत रहन ध्यानाकर्षण गराएका छन् ।
‘अब पर्यटनको सिजन सुरु भयो । पालिकाहरुले मनलाग्दी शुल्क लिन थाल्ने हो भने यता पर्यटक आउँदैनन्,’ उनी भन्छन्, ‘निर्णय नसच्याए गण्डकीकै पर्यटनमा दीर्घकालीन असर पर्न सक्छ ।’ टानले पालिकाले उठाउन लागेको पर्यटन शुल्क खारेजी, पर्यटन गतिविधि बढाउने कार्यक्रम गर्न र प्रबद्र्धनमा जोड दिन आग्रह गरेको छ ।
टानको ज्ञापनपत्र बुझ्दै गण्डकीका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले पालिकाको निर्णय सच्याउन आग्रह गर्ने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभाजित कम्युनिष्ट पार्टी एकीकृत हुनुपर्छ : अध्यक्ष नेपाल
-
पत्रकार भुलको हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने माग
-
सिरहामा नवजात शिशुको मृत्यु प्रकरण : अनुसन्धान गर्दै प्रहरी
-
सत्र वस्तुको नयाँ गुणस्तर र तीनको गुणस्तर परिमार्जन प्रस्ताव स्वीकृत
-
सभापति देउवाद्वारा नयाँ अनलाइन समाचार सुरुवात
-
आजदेखि ऐतिहासिक नमोबुद्ध जात्रा