आइतबार, १६ मङ्सिर २०८१
ताजा लोकप्रिय
संसद् बैठक

उपसभामुख हटाउने विषयमा माओवादीले गर्‍यो खबरदारी

मङ्गलबार, २५ भदौ २०८१, १४ : ००
मङ्गलबार, २५ भदौ २०८१

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने सत्ता पक्षको तयारीमा खबरदारी गरेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले यसको प्रतिवाद गरेका हुन् । 

उनले यथार्थ विषय के हो भनेर स्पष्ट पार्न अनुरोध गरे । ‘उपसभामुख रानालाई पदबाट हटाउने कुरा हेरियो । यो सत्य हो भने माओवादी यसको प्रतिवाद र विरोध गर्दछ‚’ उनले भने। 

यस्तै माओवादी सांसद हितबहादुर तामाङले पनि यस विषयमा खबरदारी गरे । उनले भने‚‘हामी खबरदार गर्न चाहान्छौँ यस्ता कदम नचालियोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप