सोमबार, २६ कात्तिक २०८१
ताजा लोकप्रिय

‘सानो संसार’को ट्रेलर : अभाव, कठिनाइ र संघर्षको कथा

मङ्गलबार, २५ भदौ २०८१

काठमाडौँ । फिल्म ‘सानो संसार’को ट्रेलर सार्वजनिक गरिएको छ । दसैँको छेको पारेर असोज ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलरमा एउटा मध्यम वर्गीय परिवारले आर्थिक समस्याका कारण भोग्नुपरेको अभाव, कठिनाइ र संघर्ष मर्मस्पर्शी रूपमा देखाइएको छ । ट्रेलर हेर्दा फिल्ममा वैदेशिक रोजगारीको बाध्यता पनि फिल्ममा रहेको अनुमान गर्न सकिन्छ । 

सिद्धार्थ पुडासैनीको निर्देशनमा बनेको फिल्ममा सीतादेवी तिमिल्सेना (कलाकार केदार घिमिरे ‘माग्ने बुढा’की श्रीमती), अनु दाहाल, राज पंगेनी शर्मा, अन्जसा रिजाल, शिशिर सिवाकोटी, सरिता भण्डारी, जीवन गौतम लगायतको अभिनय छ ।

निर्देशकदेखि कलाकार सबैको यो पहिलो फिल्म हो । ‘सानो संसार’को निर्मातामा अर्जुन कुमार र कार्यकारी निर्मातामा माधव वाग्ले हुन् । राजधानी मिडिया तथा प्रिन्सेस मुभिजको प्रस्तुतिमा तयार भएको फिल्ममा सरिष्मा खत्री र निर्देशक पुडासैनीको लेखन छ । केही साता अगाडि फिल्मको पहिलो गीत ‘मगमग फूलबारी’ सार्वजनिक गरिएको थियो, जुन दर्शकले रुचाएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया