शुक्रबार, २८ मङ्सिर २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरको वार्षिक समीक्षा : सामाजिक विकासका कार्यक्रममा ६०.२२ प्रतिशत खर्च

बुधबार, २६ भदौ २०८१, १० : ५९
बुधबार, २६ भदौ २०८१

काठमाडौँ । काठमाडौँ महानगरले गत आर्थिक वर्ष २०८०/८१ मा ५१.०१ प्रतिशत बजेट खर्च भएको जनाएको छ । गत आर्थिक वर्षको वार्षिक समिक्षामार्फत यो अघिल्लो ५ वर्षको अवधिमा सबैभन्दा उच्च भएको प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बताएका छन् । 
गत आर्थिक वर्षमा महानगरले २४ अर्ब रुपैयाँ कुल बजेट विनियोजन गरिएकोमध्ये १२ अर्ब बढि बजेट खर्च भएको छ ।  ‘विनियोजित बजेटमध्ये सामाजिक विकासका कार्यक्रममा ६०.२२ प्रतिशत खर्च भएको छ । खर्चको यो दरले महानगरपालिकाले लिएको बाटो सही गन्तव्यतिर छ भन्ने हो’ प्रमुख प्रशासकीय अधिकृत परियारले भने, ‘आर्थिक वर्ष २०८०/८१ मा भएको कुल खर्च रकम आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजित सिङ्गो बजेट बराबर हो ।’ 

उनले विभागीय प्रमुखहरुलाई राजस्व संकलन र पुँजीगत खर्च बढाउने र वेरुजु घटाउने विषयमा गम्भीर हुन आग्रह गर्दै यसमा गएको वर्षको प्रगति सन्तोषजनक रहेको तर सन्तुष्ट हुन सकिने अवस्था नरहेको उल्लेख गरे ।  महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा २४ अर्ब बजेट विनियोजन गरेको थियो ।

यसका लागि सबैभन्दा बढी आन्तरिक स्रोतबाट ८२ प्रतिशत, तीनै तहको राजस्व बाँडफाँडबाट ९ प्रतिशत, समानीकरण अनुदानबाट  ३ प्रतिशत र सशर्त अनुदानबाट ६ प्रतिशत व्यहोर्ने अनुमान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप