शुक्रबार, २३ कात्तिक २०८१
ताजा लोकप्रिय

कर्णाली राजमार्ग अवरुद्ध : निरन्तर वर्षा हुँदा पहिरो हटाउन सकस

बिहीबार, २७ भदौ २०८१, १९ : २३
बिहीबार, २७ भदौ २०८१

सुर्खेत । निरन्तर वर्षा हुँदा बुधबार कर्णाली राजमार्गमा गएको पहिरो हटाउन सकस भएको छ । जसका कारण कर्णाली राजमार्ग सञ्चालनमा आउन केही दिन लाग्ने देखिएको छ ।

कालिकोट प्रहरीले पहिरो हटाउने कार्यमा समस्या भइरहेको हुँदा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ । पहिरोका कारण राजमार्ग अन्तर्गत कालिकोटको  शुभकालिका गाउँपालिका–१, गगने खोला  र एस मोडमा पहिरो खसेको छ ।

पहिरो हटाउन स्काभेटर गएपनि निरन्तर लेदो आइरहेका कारण हटाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी पोषण थापाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप