बुधबार, २८ कात्तिक २०८१
ताजा लोकप्रिय

अखिल क्रान्तिकारीको प्राविधिक शिक्षा विशेष जिल्ला समितिको सम्मेलनमा विवाद

बिहीबार, २७ भदौ २०८१, २० : ४४
बिहीबार, २७ भदौ २०८१

काठमाडौँ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको प्राविधिक शिक्षा विशेष जिल्ला समितिको तेस्रो जिल्ला सम्मेलनमा भाँडभैलो भएको छ । जसका कारण नयाँ नेतृत्व चयनका लागि थापाथली क्याम्पसमा तय भएको पूर्वनिर्धारित निर्वाचन कार्यक्रम नै अनिश्चितकालका लागि स्थगित भएको छ । 

निर्वाचन समितिका एक सदस्य र अध्यक्ष मण्डलका अर्का सदस्य उपस्थित नभएपछि बिहीबारका लागि तय भएको निर्वाचन कार्यक्रम स्थगित गरिएको र निर्वाचनको मिति, स्थान र समय अध्यक्ष मण्डल तथा निर्वाचन समितिको छलफलपछि तय गरिने अखिल क्रान्तिकारीका नेता रोशन थापा मगरले जानकारी दिए । 

उनका अनुसार बुधबार उद्घाटन भएको सम्मेलन आज नयाँ नेतृत्व चयन गर्दै सम्पन्न गर्ने तयारी थियो । तर, केही उम्मेदवार र निर्वाचन समितिमा रहेकाहरुसमेत मनोनयन दर्ताको क्रममा अनुपस्थित भएपछि प्रक्रिया नै सुरु गर्न नसकेको उनको भनाइ छ । 

यस्तै अर्का एक विद्यार्थीले अखिल क्रान्तिकारीका केन्द्रीय महासचिव दिपेश पुनको स्वार्थका कारण निर्वाचन भाँडिएको दाबी गरे । नाम उल्लेख गर्न नचाहेका अर्का एक विद्यार्थी नेताले समेत ढकालको जित सुनिश्चित भएपछि विभिन्न बहानामा चुनाव हुन नदिइएको बताए । उनले सितेश झालाई एक पक्षले अध्यक्ष बनाउन खोजेको र त्यो सफल नभएपछि विवाद भएको बताए । 

यस विषयमा पुनलाई उनको विभिन्न नम्बरमा सम्पर्क गर्दा कुनै फोन नम्बर बन्द छ भने कुनैमा रिस्पोन्स नै गरेनन् । थापाथलीमा भएको यो विषयमा निर्वाचन समितिले अध्यक्ष पञ्चा सिंहलाई समेत जानकारी गराइसकेको छ । 

bb

महासचिवमाथिको आरोप झुट होः ढकाल
यसैबीच ढकालले महासचिवमाथिको आरोप झुटो भएको जिकिर गरेका छन् । रातोपाटीमा समाचार प्रकाशित भएपछि बिहीबार अबेर एक विज्ञप्ति जारी गर्दै उनले समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । 
बन्दसत्र सहमतिमा नहुने देखिएपछि दुई सदस्यीय निर्वाचन समिति गठन गरिएको र दिनभर क्याम्पस परिसरमै रहेपनि ५ बजेसम्म केही प्रक्रिया नै अघि नबढेपछि आफूहरु सबै प्रतिनिधिहरु घरतर्फ लागेको उनको भनाइ छ । 
‘कसैको स्वार्थ परिपूर्तिका लागि महासचिव पुनप्रति लगाइएको आरोप सरासर झुट हो’, उनको भनाइ छ । 

-समाचार प्रकाशित भएपछि ढकालले आफू संगठनकै काममा व्यस्त भएको र मोबाइलमा चार्ज नभएकाले सम्पर्क हुन नसकेको प्रष्ट पारेकाले समाचार र तस्बिर संशोधन गरिएको छः सम्पादक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप