अरविन्द केजरीवालले पाए सर्वोच्च अदालतबाट जमानत
नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सर्वोच्च अदालतबाट जमानत पाएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार, दिल्लीको रक्सीसम्बन्धी अन्तःशुल्क नीतिमा भएको घोटालामा सीबीआईले गरेको गिरफ्तारीलाई चुनौती दिन र जमानतको लागि केजरीवालको तर्फबाट दुई याचिका दायर गरिएको थियो । सेप्टेम्बर ५ मा यसबारे सुनुवाइ भएको थियो । तर निर्णय सार्वजनिक गरिएको थिएन ।
अन्तःशुल्क नीतिमा घोटाला प्रकरणमा केजरीवाललाई यही वर्षको मार्च २१ मा नवप्रवर्तन निर्देशालय (ईडी)ले समातेको थियो । दिल्ली सरकारमाथि २०२१/२२ को अन्तःशुल्क नीतिमा भ्रष्टाचारको आरोप लागेको छ । तर, यो नीति अहिले खारेज भइसकेको छ ।
रक्सी घोटालामा संलग्न भएको आरोपमा मनिष सिसोदिया, पूर्व स्वास्थ्यमन्त्री सत्येन्द्र जैन, राज्यसभा सांसद सञ्जय सिंहलाई पनि समातिएको थियो । अगस्ट ९ मा आम आदमी पार्टीका दोस्रो नेता सिसोदिया जमानतमा छुटेका छन् । उनी ५३० दिन जेलमा बसेका थिए । यस मामिलामा आरोपी सञ्जय सिंहकी कवितालाई जमानत दिइएको छ ।
यसैबीच आम आदमी पार्टीले सत्यको जीत भएको प्रतिक्रिया दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० प्रतिशतले बढ्यो विदेशी मुद्राको सञ्चिति, पहिलो चार महिनामा २२ खर्ब ५५ अर्ब
-
युरोपा लिगमा रोमाले बढायो सम्भावना
-
युरोपा लिग : होजलुण्डले कोरे म्यान्चेस्टर युनाइटेडको भाग्य
-
प्रविधिसँग जोडिंदै दूध उत्पादक किसान
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं फेरि पक्राउदेखि रविको 'अनौठो' हिरासतसम्म
-
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा