बिहीबार, २२ कात्तिक २०८१
ताजा लोकप्रिय
सचिवालय बैठक

उपसभामुख हटाउने निष्कर्षमा पुगेका छैनौँ : शंकर पोखरेल

शुक्रबार, २८ भदौ २०८१, १७ : २३
शुक्रबार, २८ भदौ २०८१

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले उपसभामुख इन्दिरा रानामगरलाई हटाउनेबारे निष्कर्षमा नपुगेको बताएका छन् ।  शुक्रबार बसेको सचिवालय बैठकपछि महासचिव पोखरेलले उपसभामुख हटाउने भनेर बाहिर आएका चर्चाजस्तै कुनै निष्कर्षमा पुगिनसकेको बताए । 

पत्रकारले सोधेको प्रश्न दिँदै महासचिव पोखरेलले भने,  ‘यसमा नेकपा एमालेको मान्यता उहाँमाथि उठेका प्रश्नमा उहाँको पार्टी र उहाँ स्वयंले स्पष्ट गर्नुपर्छ’, महासचिव पोखरेलले भने, ‘उहाँका विषयमा उठेका कुरा सत्य हुन् भने उहाँ त्यो पदका लागि उपयुक्त होइन भन्ने स्पष्टै छ । यद्यपि अहिले जसरी चर्चामा आइरहेका विषयमा के गर्ने भन्ने कुनै निष्कर्षमा पुगेका छैनौँ ।’

उनले यो संसद्को मामिलाको विषय भएको पनि प्रस्ट पारे । संसद्लाई कति मर्यादित बनाउने भन्ने संसद् र दलहरूले गर्ने काममा पार्टीको पूर्ण समर्थन रहने पोखरेलको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप