शिक्षा मन्त्रालयका प्रवक्ता पोखरेलको मुख्यमन्त्री कार्यालयमा सरूवा
शुक्रबार, २८ भदौ २०८१, १७ : ४५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता सहसचिव डा.कमलप्रसाद पोखरेलको सरुवा भएको छ । भदौं २७ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रवक्ता पोखरेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव पदमा कायममुकायम मुकरर गर्ने निर्णय गरेको हो ।
उनले हालै मात्र शिक्षा मन्त्रालयको प्रवक्ताको जिम्मेवारी पाएका थिए । प्रवक्ता केशव दहालले अवकास पाएपछि उनलाई प्रवक्ता तोकिएको थियो । उनलाई शिक्षा मन्त्रालयले २०८० सालमा नेपाल विद्याभुषण ‘क’ पदकबाट विभुषित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर
-
भारत र नेपालले तटबन्ध नगर्दा सुस्ता डुबानमा
-
झ्याप्ले खोलामा अस्तायो दिदीको बिहे गर्ने र भाइ पढाउने वसन्तको सपना
-
मस्कोमा नेपाली कविलाई 'गोल्ड फेदर अफ रसिया' द्वारा सम्मान
-
डेङ्गुमा साँच्चै फाइदाजनक छ त मेवाको पातको जुस ?
-
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर