बुधबार, १९ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

सोमबार, ३१ भदौ २०८१, २२ : ००
सोमबार, ३१ भदौ २०८१

आज २०८१ भदौ ३१ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा रवि लामिछानेमाथि कारबाही गर्न संसदीय छानबिन समितिको सिफारिस, प्रधान न्यायाधीशमा राउतको नाम सिफारिस, राष्ट्रसंघमा राख्ने एजेण्डाबारे संसदलाई जानकारी गराए प्रधानमन्त्रीले, सुदूरपश्चिम सरकारले बल्ल ल्यायो बजेट, खोला किनाराको मापदण्डबारे फैसला पुनरवलोकनका लागि सर्वोच्चमा पुग्यो सरकार, प्रतिनिधि सभाको चौथो अधिवेशनका यस्ता छन् काम कारबाही, रास्वपामा निर्वाचित केन्द्रीय समिति हुने लगायत छन् ।

१. रवि लामिछानेमाथि कारबाही गर्न संसदीय छानबिन समितिको सिफारिस
‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा भित्र्याएका रवि लामिछानेसहितलाई कारबाहीको सिफारिस गरेको छ । समितिले आफ्नो प्रतिवेदन सोमबार प्रतिनिधि सभामा पेस गरेको हो । 

२. प्रधान न्यायाधीशमा राउतको नाम सिफारिस
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा प्रकाशमान सिंह राउतको नाम सिफारिस गरिएको छ । सोमबार बसेको संवैधानिक परिषद्को बैठकले राउतलाई प्रधान न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय भएको उपसभामुख इन्दिरा रानाले जानकारी दिइन् ।

३. राष्ट्रसंघमा राख्ने एजेण्डाबारे संसदलाई जानकारी गराए प्रधानमन्त्रीले 
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघको महासभामा आफूले राख्ने एजेण्डाबारे संसदलाई जानकारी गराएका छन् । सोमबार प्रतिनिधि सभामा सम्बोधन गर्दै उनले आफ्नो आसन्न भ्रमण र आफूले राख्ने एजेण्डाको जानकारी गराएका हुन् । 

४. सुदूरपश्चिम सरकारले बल्ल ल्यायो बजेट
चालु आर्थिक वर्षको दुई महिना सकिन लाग्दा बल्ल सुदूरपश्चिम सरकारले वार्षिक बजेट ल्याएको छ । सोमबार प्रदेश सभामा आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले ३१ अर्ब ६२ करोडको बजेट सार्वजनिक गरेका हुन् ।

५. खोला किनाराको मापदण्डबारे फैसला पुनरवलोकनका लागि सर्वोच्चमा पुग्यो सरकार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खोला किनाराबाट २० मिटर छोड्नुपर्ने विवादमा सर्वोच्च अदालतबाट भएको फैसला कार्यान्वयन गर्न नसकिने भन्दै पुनरवलोकन दर्ता गराएको छ । सर्वोच्च अदालतले नदी किनारका सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका बस्ती हटाउन बाटो खुल्ने गरी फैसला सुनाएको थियो ।

६. प्रतिनिधि सभाको चौथो अधिवेशनका यस्ता छन् काम कारबाही
सोमबार राति १२ बजेदेखि लागु हुने गरी प्रतिनिधि सभाको चौथो अधिवेशन अन्त्य हुँदैछ । प्रतिनिधि सभाको चौथो अधिवेशन अन्तर्गत ५३ दिनमा ५६ बैठक बसेको छ । 

७. रास्वपामा निर्वाचित केन्द्रीय समिति हुने
राष्ट्रिय स्वतन्त्र पार्टीले विधानमा निर्वाचित केन्द्रीय समिति हुने व्यवस्था गर्ने भएको छ । केन्द्रीय समितिमा महिला उपसभापति हुने व्यवस्था पनि सुनिश्चित गरिने भएको छ । 

८. ब्याजदर घट्ने क्रम रोकिएन
घट्दो क्रममा रहेको बैंकिङ ब्याजदरले असोज महिनामा समेत निरन्तरता पाएको छ । वाणिज्य बैंकहरूले असोज महिनाका लागि प्रकाशन गरेको ब्याजदर तालिका अनुसार अधिकांश बैंकहरूले आगामी महिनाको लागि ब्याजदर घटाएका हुन् ।

९. माओवादी लक्षित ओलीको टिप्पणीले तरङ्ग
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले २०८४ को निर्वाचनमा नेकपा माओवादी केन्द्र चार/पाँच लाख मतमा सीमित हुने दाबी गरेपछि माओवादीमा तरङ्ग आएको छ । माओवादी केन्द्रका नेता वर्षमान पुनले ओलीलाई जवाफ फकाउँदै जनताले हिजो कसको कति अङ्कगणित आयो भनेर हेरेर नबस्ने दाबी गरे । 

१०. गृहप्रदेशमै शेखर कोइरालालाई धक्का
कोशी प्रदेशमा आफ्नो पकडलाई बलियो बनाउने तयारीमा लागिरहेको बेला नेपाली कांग्रेसका डा. शेखर कोइरालालाई यस पटक भने धक्का लागेको छ । कोइराला समूहमै रहेका पूर्वमुख्यमन्त्री केदार कार्कीले सुरु गरेको आमरण अनशनको असफलता, संसदीय समितिका सभापति निर्वाचन या मन्त्री चयन प्रक्रियामा पनि कोइराला समूहको उपस्थिति शून्य देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप