आइतबार, २७ असोज २०८१
ताजा लोकप्रिय

यौन तस्करीको आरोप लागेका हिप–हप गायक सिन डिडीको जमानत अस्वीकार

बुधबार, ०२ असोज २०८१, ११ : ००
बुधबार, ०२ असोज २०८१

न्यूयोर्क । हिप–हप मुगल सिन ‘डिडी’ कम्ब्सको जमानत अस्वीकार गरिएको छ । यौन तस्करी र उत्पीडनको आरोपमा सोमबार साँझ म्यानह्याटनमा उनी पक्राउ परेका थिए । गायकका वकिलले अमेरिकाको एउटा सङ्घीय अदालतमा ५ करोड डलरको जमानत प्याकेज पेश गरेका थिए । तर अदालतले उनको जमानत अस्वीकार गरिदिएको छ ।

सरकारी वकिलहरूले डिडी भाग्ने जोखिम उच्च रहेको तर्क गरेपछि न्यूयोर्कको सङ्घीय अदालतका न्यायाधीशले गायकलाई हिरासतमा राख्ने अनुमति दिएका थिए । ५४ वर्षका गायकमाथि कम्तीमा सन् २००८ देखि अपराधिक संस्था चलाएको र महिलाहरूलाई यौन उत्पीडन गरेको आरोप लागेको छ । उनीमाथि धोखाधडी गरेको, यौन धन्दा चलाएको र बलजफ्ती यौन तस्करी गरेको अभियोग लगाइएको छ ।

यी तीन ओटै अभियोग पुस्टी भएमा गायकलाई १५ वर्षसम्मको जेल सजाय हुन सक्नेछ । मंगलबार अदालतमा उपस्थित गराइएको समयमा डिडीले आफू निर्दोष रहेको बताएका थिए । अदालती कागजपत्रका अनुसार गायकले आफ्नो शक्तिको दुरुपयोग गरेर महिलाहरूलाई आफूतिर आकर्षित गर्ने गरेको अनि जर्बजस्ती यौन गतिविधि गराउने गरेका थिए ।

यस्तो बेलामा उनले पीडितहरूलाई लट्ठ्याउने वस्तु खुवाउने गरेको पनि अभियोग पत्रमा भनिएको छ । ६ महिना अघि गायकको मियामी र लस एञ्जलसस्थित घरबाट बन्दुक, गोलाबारुद्ध र हजार बोतल भन्दा धेरै लुब्रिकेन्ट भेटिएको थियो । यस क्रममा तीन थान अर्ध–स्वचालित राइफलहरू पनि भेटिएको थियो । गायकमाथि थप अभियोग पनि लाग्न सक्ने आकलन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप