ताइवान सरकारको अडान : 'लेबनानमा विष्फोट भएका पेजरहरू ताइवान्स ब्रान्डका होइनन्'
बुधबार, ०२ असोज २०८१, २३ : १७
बेरुत । लेबनानमा पेजरमार्फत भएको शृंखलाबद्ध विष्फोटका घटनामा ताइवान सरकारले अडान राखेको छ ।
अहिलेसम्म विस्फोट भएका पेजरहरू ताइवान्स ब्रान्डका हुन् भन्ने अनुमान गरिएको थियो । तर ताइवानको अर्थ मन्त्रालयले लेबनान विष्फोट भएका पेजरहरूको निर्यातसँग सम्बन्धित कुनै प्रत्यक्ष रेकर्ड नभएको बताएको छ ।
ताइवानमा सञ्चारकर्मीहरूको जिज्ञासा शान्त पार्दै मन्त्रालयले भन्यो, ‘गोल्ड एपोलो कम्पनीले सन् २०२२ देखि यस वर्षको अगस्टसम्म २ लाख ६० हजार पेजर निकासी गरेको थियो । ती निकासी युरोप र अमेरिकामा गरिएको थियो ।’
मिडिया रिपोर्टका अनुसार यी पेजरहरूमा विस्फोट गराउन सक्ने क्षमता नभएको पनि मन्त्रालयले बताएको छ । मिडियामा उपलब्ध तस्बिरहरू देखेपछि कम्पनीले यो पेजर आफ्नै हो भन्नेमा सन्देह गरेको थियो ।
निकासीपछि ती मेसिनमा छेडछाड भएको हुनसक्ने पनि कम्पनीको भनाइ छ ।