आइतबार, १८ कात्तिक २०८१
ताजा लोकप्रिय
दसैँ बजार

सरकारले सहुलियत पसलबाट ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने

४२ जिल्लाका ६३ स्थानहरूमा कम्पनीको बिक्री कक्ष, केमा कति छुट ?
बिहीबार, ०३ असोज २०८१, १४ : ०७
बिहीबार, ०३ असोज २०८१

काठमाडौँ ।बिहीबारदेखि सुरु गरेको सहुलियत मूल्य पसलबाट सरकारले ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने भएको छ ।  दाल, चामल, गेडागुडी कर्णालीका रैथाने उत्पादन, तेल, घ्यूसहित ५० हजार क्विन्टल खाद्यान्न बिक्री सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार विभिन्न प्रकारका चामल र  दालमा प्रतिकेजी ५ रुपैयाँ छुटको व्यवस्था गरिएको छ । यस्तै विभिन्न प्रकारका तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रति केजी  ७ रुपैयाँ तथा कर्णालीको विभिन्न गेडागुडी, फापर दाना, चिनो, कागुनोलगायतमा पनि प्रतिकेजी  ७ रुपैयाँ छुटको व्यवस्था गरिएको छ । 

काठमाडौँ उपत्यका ४ स्थानहरू (थापाथली, रामशाहपथ, नख्खु र  सूर्यविनायक) सहित ४२ जिल्लाका ६३ स्थानहरूमा कम्पनीको विक्री कक्षहरू राखिएका छन् । सहुलियत मूल्य पसल माघ २ गतेसम्म सञ्चालन हुनेछन् । 

यसका लागि सरकारले ३ करोड बजेट विनियोजन गरेको छ । 

नेपालीहरूको प्रमुख चाड दसैँ, तिहार र छठका समयमा दैनिक उपभोग्य वस्तुहरूको माग अत्यधिक हुने गरेको तर बजार मूल्य अस्वाभाविक रूपमा बढ्न सक्ने अवस्था रहेकाले सहुलियत मूल्य पसल सञ्चालन गर्नुपरेको कम्पनीको भनाइ छ । 

यसैबीच दसैंमा सरकारले १० रुपैयाँ छुटसहित १८ सय खसी बोका र च्याङ्ग्रा बेच्ने भएको छ । कम्पनीले दसैँका लागि जिउँदो खसी बोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने निर्णय गरेको हो ।

मकवानपुर, तुलसीपुर, मुस्ताङ लगायत उपत्यका आसपासका क्षेत्रहरूबाट ल्याइएका यी खसी बोका र च्याङ्ग्रा प्रादेशिक कार्यालय थापाथली, काठमाडौँ परिसरबाट खरिद गर्न सकिने कम्पनीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप