शुक्रबार, २३ कात्तिक २०८१
ताजा लोकप्रिय
अदालत

पूर्वआईजीपी राणाको मुद्दामा फाइल मगाउने आदेश

शुक्रबार, ०४ असोज २०८१, १५ : ०१
शुक्रबार, ०४ असोज २०८१

काठमाडौँ । सर्वोच्च अदालतले पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) ओमविक्रम राणाको मुद्दामा सम्बन्धित फाइल मगाउने आदेश गरेको छ। 

न्यायाधीशद्वय मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको संयुक्त इजलास शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय र अरु सम्वन्धित फाइल मगाउने आदेश गरेको हो।

गत साउन १८ गते पूर्वमहानिरीक्षक राणाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।  सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका उनले आफ्नो निवृत्तिभरण रोकिएकोविरुद्ध रिट दायर गरेका हुन् ।

सो रिटमा साउन १८ गते न्यायाधीश विनोद शर्माको एकल इजलासमा प्रारम्भिक सुनुवाइ भइ कारण देखाउ आदेश र अन्तरिम आदेशसम्बन्धमा छलफलका लागि विपक्षीलाई बोलाउने आदेश भएको थियो ।

सुडानका लागि शान्ति मिसनमा जाने प्रहरीको बन्दोबस्तीको सामान किन्ने सम्झौतामा घोटाला भएको भन्दै विशेष अदालत र सर्वोच्च अदालतले तत्कालीन महानिरीक्षक राणासहित अन्य संलग्नहरूलाई भ्रष्टाचारी ठहर गरेको थियो ।
सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश  विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतकै फैसला सदर गर्दै राणासहितका विपक्षीलाई दुई वर्ष कैद गर्ने फैसला कायम राखेको थियो भने जरिवाना रकम केही घटाएको थियो ।

कैद सजाय भुक्तान गरिसकेका राणालाई पेन्सन उपलब्ध नगराउन अख्तियारले निवृत्तिभरण व्यवस्थापन कार्यालयलाई पत्र लेखेपछि उनको पेन्सन रोक्का भएको थियो । सोहीविरुद्ध राणाले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप