गायनमा भविष्य खोज्दै सुम्निमा
काठमाडौँ । गीतसङ्गीतमा नव प्रतिभा भित्रिने क्रम बढ्दो छ । यस्तैमा विगत दुई वर्षदेखि गायनमा भविष्य खोजिरहेकी छन् सुम्निमा । दुई वर्ष अगाडि ‘मन्नत’ बोलको पप गीतबाट गायन यात्रा सुरु गरेकी सुम्निमाका त्यसपछि ‘झरी’, ‘तारा’ गरेर तीन गीत सार्वजनिक भइसकेका छन् ।
केही समय विभिन्न पेसामा रहेकी उनले अहिले भने गायन अगाडी बढाएकी हुन् । गायनमा लागेपछि आफूलाई सन्तुष्टी मिलेको कारण यसैलाई अगाडि बढाइरहेको उनी बताउँछिन् । राम्रो काम गरियो भने गायन भविश्य भएको बुझेकी उनले धेरै गायक गायिकाले यसबाट करियर बनाएको देखेकी छन् ।
काठमाडौँकी स्थायी बासिन्दा सुम्निमाको अहिलेसम्म आएका सबै गीतबाटै दर्शकको राम्रो माया पाएकी छन् । ‘बजारमा फरक किसिमको स्वर सुन्न पाइयो । गायन शैली र भ्वाइस पनि फरक छ’ दर्शकले दिएको प्रतिक्रिया सुनाइन् । ‘मैले गीतमा फरक फरक जनरा ट्राई गरेको छु’ उनले थपिन् । उनका अनुसार उनले अहिलेसम्म पप, पप आरएण्डबि र पप रक गाइसकेकी छन् ।
उनी यतिबेला अहिले दसैँ लगतै केही गीत ल्याउने तरखरमा छिन् । त्यो पनि पप शैलीमा रहने छ । यो पटक पप फिल्म ल्याउन लागेको उनले बताइन् ।
गीतसङ्गीतमा लगानीको बालुवामा पानी भनिन्छ । उनी भने पुरै टिम बनाएर यसमा होमिएकी छन् । भन्छिन्, ‘गीतमा गरेको लगानी उठ्न समय लाग्छ होला । तर खेर जाँदैन ।’
गायनको अलावा आफ्नो गीतमा उनी आफैले मोडलिङ गर्दै आएकी छन् । ‘आफ्नो गीतमा शब्द, सङ्गीत, स्वर आफैले गरेपछि त्यसमा एउटा फिलिङ भरेको हुन्छ । त्यो भावनामा आफैले अभिनय गर्दा सजिलो र झनै राम्रो देखिन्छ’, उनले कारण सुनाइन् । अर्काेकुरा खर्च पनि बचत हुने उनको भनाई छ ।
सानैदेखि गीतसङ्गीतमा रुचि राख्ने उनी स्कुले दिनमा अतिरिक्त क्रियाकलापमा भाग लिएर गीत गाउँथिन् । त्यो क्रममा उनलाई शिक्षक, आफन्त, साथीभाइ लगायतले हौसला दिन्थे । सानैदेखिको संगीतको लगावका कारण गायनका लागि उनले सुरसाला म्युजिक स्कुलमा बेसिक कोर्स समेत पुरा गरेकी छन् ।
उनले गत शुक्रबार ठमेलको पप टेनएक्स क्लबमा एकल कन्सट समेत सम्पन्न गरेकी छन् । करिब २ घण्टा एकल प्रस्तुति दिएकी उनले क्लबमा आफ्नो अलावा नेपाली र अंग्रेजी कभर सङ गाएकी थिइन् ।
बेलाबेलामा सङ्गीतक कार्यक्रम गर्न रुचाउने उनी यस्ता कार्यक्रम आफूलाई मनपर्ने बताउँछिन् । ‘कार्यक्रममा दर्शकले मेरो भ्वाईस युनिक छ भनेर तारिफ गर्छन्’, उनले थपिन् ‘कार्यक्रममा दर्शकले मात्र होइन, म आफै पनि इन्जोय गर्छु ।’ उनले यस अगाडि पनि ठमेलको पप टेनएक्स क्लब, पर्पल हेजमा लगायतमा प्रस्तुति दिइसकेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसरी बन्यो नेपाली ‘हरर’ फिल्म ‘मम्मी’ ?
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओलीको चीन भ्रमणदेखि दुर्गा प्रसाईंलाई थप हिरासतमा राख्न अनुमतिसम्म
-
सामाजिक सञ्जाल प्रयोगबारे टिकटकले चलायो छलफल
-
सामाजिक सञ्जालमा एमालेविरुद्धको कुप्रचारले चुनावी परिणामलाई प्रभावित गर्यो : महासचिव पोखरेल
-
१० बजे १० समाचार : प्रमको चीन भ्रमणको चर्चादेखि उपनिर्वाचनको हलचलसम्म
-
टिकटकले नेपालमा हटायो ६ हजार ७८ भिडियो