नागरिकले दुःख नपाउने गरी यातायातको व्यवस्था मिलाउन मुख्यमन्त्री कँडेलको निर्देशन
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नागरिकले दुःख नपाउने गरी यातायातको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशले आइतबार वीरेन्द्रनगरमा सुरक्षा निकाय, यातायात व्यवसायी तथा यातायात क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूसँग गरेको छलफल कार्यक्रममा कँडेलले यातायात क्षेत्रलाई सुरक्षित र सहज बनाउनुपर्ने बताएका हुन् ।
यातायात क्षेत्रलाई जति प्रतिस्पर्धी बनायो त्यतिनै नागरिकले सेवा पाउने हुँदा नागरिकलाई सुविधा हुने गरी यातायात क्षेत्रलाई प्रतिस्पर्धी बनाउन पनि व्यवसायीलाई कँडेलले सुझाव दिए ।
‘तपाईँहरूका पनि आ—आफ्ना बाध्यता छन् होला तर, जति प्रतिस्पर्धी बन्नुहुन्छ नागरिकले त्यतिनै सुविधा पाउँछन्,’उनले भने, ‘नागरिकलाई सुविधा दिने दायित्व पनि तपार्इंहरुकै हो ।’
सुरक्षा चेकजाँचलाई थप सहज बनाउन पनि कँडेलले निर्देशन दिए । राजमार्गमा यात्रु चेकजाँचको नाममा ठाउँमा ठाउँमा चेकजाँच हुने यातायात व्यवसायीले गुनासो गरेपछि मुख्यमन्त्री कँडेलले सुरक्षा चेकजाँच गर्ने अधिकार भएपनि आवश्यकताको आधारमा राजमार्गमा चेकजाँचको व्यवस्था गर्नुपर्ने बताए ।
कार्यक्रममा वीरेन्द्रननगर नगरपालिकाका मेयर मोहनमाया ढकालले नगर क्षेत्रको पार्किङ व्यवस्थापनलाई नयाँ तरिकाले सम्बोधन गर्न लागिएको बताइन् । बजारको चाप बढेसँगै अहिलेको पार्किङको व्यवस्था साँघुरो हुने हुँदा यसलाई व्यवस्थित गर्ने तयारी भइरहेको उनको भनाइ छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले अरू बेलाभन्दा चाडबाडको बेला दुर्घटनाको जोखिम बढी हुने भएकोले प्रदेश प्रहरी कार्यालयले नियमितसँगै चाडबाड लक्षित सडक सुरक्षा बनाएको बताए ।
कर्णाली ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अपिलराज बोहराले एकजना प्रहरीले ३८ किलोमिटरसम्म हेर्नु पर्ने अवस्था रहेको बताए ।
जनशक्ति र साधन श्रोतको अभावमा पनि ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा उत्कृष्ट काम गरिरहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार महासंघको तीनै तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा
-
उपभोग्य वस्तुको किन छैन बजारमा माग ?
-
तनहुँको घिरिङ र बन्दीपुरमा दुई सबस्टेसन सञ्चालनमा
-
एनपीएलमा सोचेअनुरूप खेल्न सकेनौँ : कप्तान रोहित
-
अर्थमन्त्रीसँग ट्युनिङ मिल्ने व्यक्ति नियमनकारी निकायमा हुँदा पनि भनेजस्तो नतिजा आएन : वर्षमान पुन
-
काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपः इरान यु १८ सेमिफाइनलमा