पुछारका ब्याटरले जोगाए नेपालको साख
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा क्यानडाविरुद्धको खेलमा नेपालले क्यानडासामु १ सय ८२ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा सबै विकेट गुमाएर १ सय ८१ रन बनाएको हो ।
खेलमा नेपालको सुरुवात राम्रो हुन सकेन । पाँचौँ ओभरमा आसिफ शेख मात्र दुई रन बनाएर आउट हुन पुगे । सातौँ ओभरमा भीम सार्की ४ रन बनाउँदै पभिलियन फर्किए ।
नेपालले स्कोरबोर्डमा थप कुनै पनि रन नजोडी १० रन बनाएका अर्जुन साउदलाई गुमाउन पुग्यो । कप्तान रोहित पौडेल रन आउट हुँदा नेपालले १०.२ ओभरमा ४ विकेटको क्षतिमा ३० रन मात्र बनाउन सकेको थियो ।
१२ औँ ओभरमा अनिल साह मात्र १ रन बनाएर आउट हुन पुगेपछि आरिफ शेख र गुल्सन झाले नेपालको इनिङ्सलाई केही सम्हाल्ने प्रयास गरे । शेखले १० रन तथा झाले ५६ बलमा ३४ रन जोडे । उनले २ चौका र २ छक्का प्रहार गरे ।
त्यसपछि क्रिजमा आएका सोमपाल कामी र सन्दीप लामिछानेले पनि राम्रो साझेदारी गरे । उनीहरूले अर्धशतकीय साझेदारी गर्न सफल भए ।
सोमपाल २१ रन बनाएर आउट हुँदा नेपालले ८ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो ।
त्यसपछि सन्दीप पहिलो अर्धशतकबाट मात्र एक रनले चुके । उनले आउट हुनअघि ४८ बलमा ४९ रन बनाए । उनले ५ चौका र १ छक्का हिर्काए ।
करन केसी सबैभन्दा अन्त्यमा २४ रन बनाएर आउट भए । उनले २८ बलमा २ चौका र एक छक्का प्रहार गरे ।
त्रिकोणात्मक शृङ्खलामा नेपाल हालसम्म जितविहीन रहेको छ । पहिलो खेलमा क्यानडासँग पराजित भएको नेपाल दोस्रो खेलमा ओमानसँग झिनो अन्तरले स्तब्ध बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटक तान्दै डम्फु पार्क
-
जङ्गली हात्तीको आक्रमण, वन हेराला गम्भीर घाइते
-
१२ बजे, १२ समाचार : बीआरआईलाई लिएर अमेरिकी कुटनीतिज्ञको दौडधूपदेखि रविलाई विपक्षी पार्टीहरुको साथसम्म
-
मोहम्मद अल–बशीर सिरियाको अन्तरिम प्रधानमन्त्री नियुक्त
-
१० बजे, १० समाचार : बीआरआईमा अमेरिकी चासोदेखि एनपीएलको रोमाञ्चसम्म
-
परराष्ट्रमन्त्री देउवा र लक्जमबर्गका विदेशमन्त्रीबिच भेटवार्ता