बुधबार, २६ मङ्सिर २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

सोमबार, ०७ असोज २०८१, १६ : १०
सोमबार, ०७ असोज २०८१

 पोखरा । पोखराको सूर्यदर्शन सहकारी रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत कास्कीले उनलाई ५ दिनको म्याद थप गराएको हो । अदालतले म्याद थप गरेसँगै जोशीमाथि अनुसन्धान सुरु भएको छ । जोशीमाथि तीन अभियोगमा अनुसन्धान हुनेछ । जोशीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान हुने जिल्ला सरकारी वकिल कार्यालय कास्कीका एक अधिकृतले बताए । 

जोशीलाई सोमबार जिल्ला अदालत कास्कीमा १० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले माग गरेको थियो । तर अदालतले ५ दिनको मात्रै म्याद दिएको हो । 

काठमाडौँबाट पक्राउ परेका जोशीलाई आइतबार राति पोखरा ल्याइएको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप