उखु र दुध किसानको बक्यौता तिर्न २ अर्ब निकासा
काठमाडौँ । सरकारले दुध र उखु किसानको बाँकी बक्यौता रकम उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले दुध र उखु किसानका लागि कुल दुई अर्ब रुपैयाँ भन्दा बढी रकम निकासा भएको जानकारी दिए ।
उक्त रकम तिर्नका लागि शुक्रबार सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋण लगानीको तमसुक तथा भुक्तानीका लागि अनुमति दिएको । यससँगै आठ जिल्लाका उखु किसानले पाउनु पर्ने १ अर्ब ४५ करोड बढी रकम कृषि मन्त्रालयले रकमान्तर गरी भुक्तानीका लागि जिल्लाहरूमा पठाएको छ ।
त्यसका लागि महालेखा नियन्त्रक कार्यालयको अनुमति र अर्थ मन्त्रालयले रकम बाँडफाँट गरी शुक्रबार नै सम्बन्धी जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पठाएको मन्त्रालयले जनाएको छ ।
जसअनुसार कञ्चनपुर, नवलपरासी पश्चिम, बारा, रौतहट, सर्लाही, महोत्तरी, सिराहा र सुनसरी जिल्लाका उखु किसानले सो रकम पाउनेछन् । रकम निकासासँगै उखु किसानले अनुदान बापत पाउनु पर्ने रकम दसैँ अघि नै पाउने भएका छन् ।
त्यस्तै, मन्त्रिपरिषद् भदौ २० गते दुध विकास संस्थान (डिडीसी)लाई दुध किसानहरूको बक्यौता रकम तिर्नका लागि सर्तसहित ६० करोड रुपैयाँ ऋण दिने प्रस्ताव स्वीकृत गरेको थियो । उक्त रकम पनि सम्बन्धी दुध किसानको हातमा पुग्ने गरी सम्पूर्ण प्रक्रिया पुरा भएको डिडीसीका प्रमुख सूर्य पाण्डेले जानकारी दिए ।
‘मन्त्रीज्यूको दुध किसानहरूले जसरी पनि दसैँ अघि बक्यौता रकम हातमा पुग्नु पर्छ भन्ने चाहना अनुसार काम भएको छ,’ पाण्डेले भने,‘अब प्रक्रिया पुरा भएको छ । सरकारले डिडीसीलाई ऋण बापत दिएको ६० करोड रुपैयाँ वितरण सुरु हुन्छ । दसैँ अघि नै सबै किसानले रकम पाउनु हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको दोस्रो जित, ‘लो–स्कोरिङ’ खेलमा विराटनगर स्तब्ध
-
गढीमाई पञ्चवर्षीय मेलामा दर्शनार्थीको घुइॅंचो, तीन हजार सुरक्षाकर्मी परिचालन
-
रवि भेट्न हिरासतमा पुगे ज्ञानेन्द्र शाही
-
दर्शकहरूको एनपीएल मोह, तस्बिरहरू
-
पत्रकारहरूको साझा प्यानलद्वारा प्रतिबद्धता सार्वजनिक
-
बुझ्दै नबुझी बीआरआई सम्झौताबारे टिप्पणी नगरौँ : परराष्ट्रमन्त्री राणा