झ्याप्ले खोला पहिरो
तस्बिरमा झ्याप्ले खोला पहिरो, यसरी हुँदैछ उद्धार
आइतबार, १३ असोज २०८१, १२ : ००
धादिङ । धादिङको धुनिवेसी नगरपालिका–९ स्थित झ्याप्ले खोला पहिरोमा पुरिएकाहरूको उद्धार कार्य जारी रहेको छ ।
शनिबारको पहिरोमा पुरिएका बस तथा माइक्रोबसबाट अहिलेसम्म २७ जनाको शव निकालिएको छ ।
अझै पनि उद्धारकर्ताहरूले स्काभेटर र अन्य सामाग्रीमार्फत उद्धारलाई निरन्तरता दिएका छन् । उक्त पहिरोमा बुटवलबाट आएको माइक्रोबस, गोरखाबाट आएको बस र चितवनबाट आएको अर्को माइक्रोबसका यात्रुहरु त्यहाँ फसेको सशस्त्र प्रहरीको भनाइ छ । अन्य सवारीसाधनपछि पुरिएको आशंकामा खोजतलास भइरहेको बताइएको छ ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले घटनाको प्रकृति हेर्दा पहिरो खस्न थालेसँगै गाडीहरू साइड लागेर सुरक्षित हुन खोजेको र त्यहीबेलामा ठुलो पहिरो गए जस्तो देखिएको बताए ।
शनिबार नै १४ जनाको शव निकालिएको थियो । आज थप १३ जनाको शव निकालिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यनारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
पहिलो ६ महिनामा गौर भन्सारद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
-
बुण्डेस लिगामा बायर्न म्युनिखलाई थप सफलता
-
ग्वार्डिवलाको म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो
-
केवलकारको विषयलाई लिएर पाथीभरामा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
-
ला लिगामा एटलेटिकोलाई फेरि धक्का