मङ्गलबार, २७ कात्तिक २०८१
ताजा लोकप्रिय

माओवादी एसिया संगठनद्वारा बाढी पीडितलाई ५ लाख सहयोग

आइतबार, १३ असोज २०८१, १७ : २५
आइतबार, १३ असोज २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्र एसिया संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको छ । 

समितिका इञ्चार्ज पम्फा भुसाल र सहइञ्चार्ज ओम शर्माले आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा प्रवास समन्वय समितिको कार्यालयका मुख्य सचिव टिबी पाठकको पनि उपस्थिति रहेको थियो । चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले एसिया संगठन समितिलाई सहयोगका लागि धन्यवाद दिए । 

बाढीपहिरोको पछिल्लो घटनालगत्तै पार्टीले पहल लिएर देशब्यापीरुपमा उद्धार र पुनर्स्थापनामा कार्यकर्ता परिचालन गरिएको जानकारी दिंदै अध्यक्ष प्रचण्डले प्रवासको पार्टी कमिटीले पनि योगदान गरेकोमा प्रशंसा गरे ।

 त्यसक्रममा उनले मानवीय विपदको मिलेर सामना गर्नुपर्ने उल्लेख गर्दै पीडित जनताको पीडा र दुःखसँग हातेमालो गर्न पनि सबै नेता कार्यकर्ताहरुलाई आग्रह गरे । 

बिहीबारदेखि परेको अविरल वर्षासँगैको बाढी पहिरोमा १४८ जनाको मृत्यु भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप