ट्राफिक अपडेट: यस्तो छ उपत्यकासहित देशभरको सडकको अवस्था
काठमाडौँ । प्रहरीले उपत्यकाकासहित देशभरका सडकको अवस्थाबारे जानकारी गराएको छ । प्रहरीले सोमबार दिउँसो बजेसम्मको सडक यातायातको अवस्थाबारे अपडेट गराउँदै काठमाडौँ उपत्यका स्थित गौशाला, ग्वार्को, इमाडोल, कुपण्डोल, ज्वागल, थापाथली, माइतीघर, बबरमहल, नागस्थान, त्रिपुरेश्वर, टेकु, भोटेबहाल, केशरमहल, लैनचौर र सोह्रखुट्टे हुँदै चल्ने सवारी साधन क्युमा चलिरहेको जनाएको छ ।
क्यु रहेका स्थानमा आवागमन सहज बनाउने प्रयास भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौँको माइतीघर चोकमा मानिसहरू भेला भएकाले माइतीघरबाट थापाथलीतर्फ सर्भिस लेन भएर जाने सवारी साधनलाई मुख्य लेनबाट चलाइएको छ ।
यसैगरी ललितपुरको नख्खुडोलमा रहेको पुल भाँचिएकाले सवारी आवागमन बन्द भएको छ भने धादिङको झ्याप्लेखोलामा खसेको पहिरो केही पन्छ्याएसँगै नागढुङ्गा नाका हुँदै काठमाडौँ उपत्यका भित्रिने सवारी साधन चलिरहेका छन् । तर, बाहिरिने सवारी साधनलाई भने अझै रोक लगाइएको छ ।
ट्राफिक कन्ट्रोल रुमका अनुसार पहिरोकै कारण सिस्नेरी, फर्पिङ र कान्तीलोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको आवतजावत प्रभावित भएको छ भने काठमाडौँ–सिन्धुली–बर्दिबास र धुलिखेल–खावा चल्ने सवारी साधन पनि चल्न सकेको छैन ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ८ र रोशी ११ मा बाढी तथा पहिरोले सडक बगाउँदा तथा सिन्धुलीको सुनकोशी गाउँपालिका १ मा झरेको पहिरोका कारण विपि राजमार्ग अवरुद्ध भएको छ ।
यसैगरी रसुवा जिल्लाका विभिन्न स्थानमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिकाका विभिन्न स्थान तथा फिक्कल गाउँपालिका २ र ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका ६ जयराम घाटमा खसेको पहिरोले मध्यपहाडी लोकमार्गको आवागमन अवरुद्ध भएको छ ।
रामेछापको मन्थली नगरपालिका ६ स्थित सुनकोशी नदीले पुल बगाउदा खुर्कोट–मन्थली चल्ने सवारी साधनको आवागमन रोकिएको छ ।
सगरमाथा राजमार्ग अन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँलिका ११ जोड्ने पुल भत्किएकाले आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले गरेको सडकको अवस्थाबारे थप अपडेट:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहम्मद अल–बशीर सिरियाको अन्तरिम प्रधानमन्त्री नियुक्त
-
१० बजे, १० समाचार : बीआरआईमा अमेरिकी चासोदेखि एनपीएलको रोमाञ्चसम्म
-
परराष्ट्रमन्त्री देउवा र लक्जमबर्गका विदेशमन्त्रीबिच भेटवार्ता
-
आस्थाका आधारमा पक्राउ परेका बन्दीलाई रिहा गर्न बारको माग
-
गण्डकीमा भौतिक पूर्वाधारमा १० वित्तीय र १३ प्रतिशत भौतिक प्रगति
-
नागरिकको मानवअधिकार रक्षामा प्रतिबद्ध छौँ : गृहमन्त्री लेखक