बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको सङ्ख्या २०९ पुग्यो
काठमाडौँ । बाढी पहिरो र डुबान लगायतका प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या २ सय ९ पुगेको छ । गृह मन्त्रालयका अनुसार सोमबार साँझ ७ बजेसम्मको अवधिमा बाढी पहिरोबाट निधन हुनेको सङ्ख्या २ सय ९ पुगेको हो ।
यस्तै घाइते १४२ र बेपत्ता २९ जना रहेका छन् ।खोज तथा उद्धारको कार्य जारी रहेको मन्त्रालयले जनाएको छ । सोमबार नेपाली सेनाको हेलिकप्टरबाट काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, सिन्धुली, ललितपुर लगायतका स्थानबाट घाइते, बिरामी तथा अलपत्र परेका ४२५ जनाको उद्धार गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।
अवरुद्ध सडक, विद्युत्, टेलिफोन लगायतका अत्यावश्यक सेवाहरू शीघ्र सुचारु गर्न सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।
सबैखाले राहत सामग्री एकद्वार प्रणाली मार्फत वितरण गरिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको विज्ञप्तिमा भनिएको छ,‘सुरक्षा निकाय र सडक विभागसँगको समन्वयमा अवरुद्ध राजमार्गहरू सुचारु गर्ने, तत्काल सुचारु गर्न नसकिने सडकको हकमा वैकल्पिक मार्ग व्यवस्थापन गरी सवारी आवागमन सहज बनाउने कार्य भइरहेको छ । संघ, प्रदेश र स्थानीय तहका सम्बद्ध निकायहरूबाट विपद् प्रभावितहरूलाई आपत्कालीन राहत शीघ्र उपलब्ध गराउने व्यवस्थाका लागि समन्वय गरिएको छ ।’
असोज १० देखि १२ गतेसम्म लगातार परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकासहित विभिन्न जिल्ला प्रभावित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल सुपर लिगको तेस्रो संस्करण चैतमा हुने
-
परराष्ट्रमन्त्री डा राणासँग युरोपियन युनियनका उच्च अधिकारीको भेट
-
खरिद बिलबिजक र दर्ता प्रमाणपत्र नराख्ने तीन फर्मलाई २५ हजार जरिवाना
-
२० मिटरको निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
-
प्रदेश मन्त्रीहरूको गुनासो– प्रहरी समायोजन नहुँदा काम गर्न समस्या भयो
-
कुलपतिमाथि अनावश्यक हस्तक्षेप गरेको आरोप, उपकुलपतिमाथि ‘दुई नम्बरे’ को आरोप