गुणस्तर परीक्षणमा फेल भएका औषधि कसरी चिन्ने ?
काठमाडौं । केही दिन अघि भारतको औषधि गुणस्तर विभाग (सीडीएससीओ)ले गुणस्तर परीक्षणमा असफल भएका झन्डै ५० औषधिको नाम सार्वजनिक गरेको थियो ।
यो सूचीमा हामीले नियमित रुपमा प्रयोग गर्ने गरेको पारासिटामोल, पेन–डी, र ग्लाइसिमेट एसआर ५०० जस्ता औषधि थिए । बजारमा विक्री भइरहेका यी औषधिहरूले आवश्यक गुणस्तर मापदण्ड पूरा नगरेको पाइएको थियो ।
सीडीएससीओले प्रत्येक महिना तोकिएको मापदण्ड पूरा नगरेका औषधिहरूको सूची जारी गर्छ । अगस्ट महिनाको सूचीमा सर्वसाधारणले धेरै प्रयोग गर्ने औषधिसहित ४८ वटा औषधि परेका थिए ।
भारतका केही नाम चलेका कम्पनीका औषधि पनि यो सूचिमा परेका थिए । यो सूचिमा भारतका दुई ठूला औषधि कम्पनी सन फार्मा र टोरेन्टको औषधि पनि परेको थियो । तर सूचिमा उल्लिखित औषधि आफूले उत्पादन नगरेको कम्पनीले बताएको थियो ।
- गुणस्तर कमसल हुनुको अर्थ के हो ?
औषधिले विविध कारणले गर्दा मापदन्ड पूरा नगरेको हुन सक्छन् । तोकिएको सीमा भन्दा कम वा बढी तौल हुनु, रूपमा भिन्नता वा घुलनशीलतामा फरक हुन विभिन्न कारणले औषधिहरूलाई गुणस्तर असफलको सूचिमा वर्गीकरण गरिन्छ ।
उत्पादनको वास्तविक पहिचान लुकाएर अर्काे औषधिको रूपमा बिक्री गर्दा पनि औषधिलाई जाली वा नक्कली बन्छन् । भर्खरैको सूचीमा एमोक्सिसिलिन र पोटासियम क्लाभोनेट आईपी (क्लाभम ६२५), एमोक्सिलिन एन्ड पोटासियम क्लाभोनेट ट्याब्लेट (म्याक्सक्लाभ ६२५), प्यान्टोप्राजोल (पान–डी)लाई नक्कली औषधि घोषित गरिएको थियो ।
तोकिएको मापदण्डभन्दा तल्लो स्तरको भेटिएपछि यस सूचीमा समावेश गरिएका बाँकी औषधिका घुलनशीलता औषधिको बनावट जस्ता समस्याहरू पाइएको थियो । गुणस्तर परीक्षणमा असफल भएका सबै औषधिहरू विशिष्ट ब्याचको भएको र यिनीहरूmलाई बजारबाट फिर्ता बोलाइएको बताइएको छ ।
कसरी छुट्याउने असली र नक्कली औषधि ?
– औषधिमा उपयुक्त मात्रामा इन्ग्रेडियन्ट छैन भने औषधिको प्रभाव चाहे जस्तो हुँदैन ।
– तोकिएको मापदण्ड पूरा नगर्ने औषधी लामो समयसम्म सेवन गर्दा शरीरका अंगमा क्षति पुग्न सक्छ ।
– कसैले मधुमेह वा उच्च रक्तचाप जस्ता रोगहरूको लागि औषधि खाइरहेको छ भने त्यस्तो व्यक्तिले समय–समयमा डाक्टरकहाँ जाँच गराउनु पर्छ ।
–मेडिकल स्टोरबाट औषधि खरिद गर्दा आईएसओ (इन्टरनेशनल अर्गनाइजेशन अफर स्ट्यान्डर्डाइजेशन) वा डब्ल्यूएचओ–जीएमपी (वल्र्ड हेल्थ अर्गनाइजेशन गूड म्यानुफ्याक्चरिङ प्र्याक्टिस)को प्रमाणपत्र जाँच गर्न नबिर्सनुहोला ।
–एक्सपायरी डेट नजिकिदै गरेको औषधि सकेसम्म नकिन्नुुहोस् ।
– औषधिहरू राम्रोसँग भण्डारण गरेर राखिएको छैन भने पनि तिनीहरू प्रभावहीन हुन सक्छन् ।
– इन्जेक्सन र इन्सुलिनजस्ता औषधिहरू किन्नुअघि आफूले किन्ने ठाउँमा रेफ्रिजरेसन सुविधा छ वा छैन भनी सुनिश्चित गर्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी विनिमय सञ्चिति १०.५ प्रतिशतले वृद्धि, १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
-
धरौटी बुझाउनासाथ फेरि पक्राउ परे दुर्गा प्रसाईं
-
एम्बुलेन्स सेवाको दुरुपयोग गर्नेलाई स्वास्थ्य मन्त्रालयको चेतावनी
-
सुन्तला राष्ट्रिय फल घोषणामै सीमित, उत्पादकत्व बढाउन आएनन् नयाँ योजना
-
चार महिनामा वस्तु निर्यात ४.२ प्रतिशतले वृद्धि
-
४ महिनामा भित्रियो ५ खर्ब २१ अर्ब रेमिट्यान्स