शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

इरानको मिसाइल आक्रमणबिच इजरायलको सहयोगमा बाइडेन र ह्यारिसले के भने ?

बुधबार, १६ असोज २०८१, ०८ : ३४
बुधबार, १६ असोज २०८१

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले इरानले इजरायलमा गरेको मिसाइल आक्रमणप्रति प्रतिक्रिया दिएका छन् । अमेरिकाले इजरायललाई पूर्ण समर्थन गर्ने बाइडेनले बताएका छन् । आफ्नो निर्देशनमा अमेरिकी सेनाले आक्रमणको क्रममा इजरायलको सुरक्षालाई सक्रिय रूपमा सहयोग गरेको उनको भनाई थियो ।

ताजा जानकारीको आधारमा इरानले गरेको आक्रमण असफल साबित भएको उनले बताएका थिए । यसैक्रममा उपराष्ट्रपति कमला ह्यारिसले इरानी मिसाइल खसालेमा अमेरिकाले इजरायललाई जसरी सहयोग गरेको छ त्यो एकदम सही भएको बताएकी छिन । ह्वाइट हाउसको सिचुएसन रुमबाट रियल टाइममा यो हमला देखेको ह्यारिसले बताइन । उनले इरानलाई मध्यपूर्वमा अस्थिर शक्तिको रूपमा व्याख्या गरेकी थिइन् ।

भूमध्यसागरमा तैनाथ अमेरिकी नौसेना जहाजहरूलाई इरानको क्षेप्यास्त्र खसाल्न बाइडेनले दिएको आदेशलाई आफूले पूर्ण समर्थन गर्ने पनि उनले बताइन् । आक्रमणको प्रभावको मूल्याङ्कन अझै जारी रहेको र अमेरिकाको सहयोगमा इजरायलले आक्रमण असफल भएको पनि उनले बताइन् । आफू इजरायलको सुरक्षाका लागि पूर्ण प्रतिबद्ध रहेको उनको भनाई थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप