मङ्गलबार, १८ मङ्सिर २०८१
ताजा लोकप्रिय

स्वास्थ्य सेवा सुधार्न सामुदायिक अस्पतालसँग सहकार्य गर्नुपर्छ : मुख्यमन्त्री आचार्य

बिहीबार, १७ असोज २०८१, १२ : ३६
बिहीबार, १७ असोज २०८१

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य सेवा सुधार गर्न प्रदेश सरकारले सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरूसँग सहकार्य गर्ने बताएका छन् । कपिलवस्तुमा सामुदायिक डायलिसिस सेन्टरको आज उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सामुदायिक अस्पतालहरूसँग सहकार्य गर्ने बताएका हुन् ।

उनले नीतिगत सुधार गरेर हुन्छ कि कार्यविधि निर्माण गरेर हुन्छ प्रदेश सरकार सामुदायिक अस्पतालहरूसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारे । लुम्बिनी प्रदेशभित्र मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषणको अवस्था उच्च रहेको भन्दै सुधारका लागि समुदायसँग सहकार्य गर्नुपर्ने उनको भनाइ  छ ।

कपिलवस्तुको बाणगंगा–१ मा डायलिसिस सेन्टरले मिर्गौला फेल भएका बिरामीहरूलाई डायलिसिस सेवा प्रदान गर्ने छ। रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुको सहयोगमा  उक्त सेन्टर सञ्चालनमा ल्याइएको हो । मिर्गौला फेल भएका बिरामीहरू यसअघि डायलिसिस सेवा लिन जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो ।

निर्माण भएको सो सेन्टरमा दश वटा डायलिसिस मेसिन राखिएको छ भने दैनिक ६० जना बिरामीलाई सेवा पुर्याउन सक्ने क्षमता रहेको छ । पाँच करोडको लागतमा डायलिसिस सेन्टर स्थापना गरिएको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप