रियालिटी शो अन्ताक्षरीको डिजिटल अडिसन सुरु

काठमाडौँ । नयाँ रियालिटी शो अन्ताक्षरीको डिजिटल अडिसन सुरु भएको छ । नोबडी प्रोडक्सनले भदौ २४ गते काठमाडौँमा घोषणा गरेको नयाँ रियालिटी शो अन्ताक्षरीको बिहीबार घटस्थापनाका दिन डिजिटल अडिसनको सुरु गरेको हो ।
नोबडी प्रोडक्सनको सामाजिक सञ्जाल डोकोमार्फत बिहीबार साँझ ५ बजे भिडियो पोस्ट गर्दै डिजिटल अडिसनको सुरुवात गरिएको छ ।
करिब पाँच मिनेट लामो प्रोमोसनल भिडियोमा सहभागी हुन चाहने सबै जनालाई अन्ताक्षरीको यात्रामा जोडिन आग्रह गरिएको छ ।
नेपालमा को बन्छ करोडपति, सारेगमप लिटिल च्याम्प्स नेपाल, क्राइम पट्रोल नेपाल जस्ता फ्रेन्चाइज सो भित्र्याउने नोबडी प्रोडक्सनको यो नयाँ शोलाई निकै प्रतीक्षा गरिएको जनाइएको छ ।
शोको फर्म्याट, होस्ट लगायत सबै कुराहरू गोप्य राखिएकाले दर्शक माझ शोलाई लिएर कौतुहलता बढेको नोबडी प्रोडक्सनले जनाएको छ ।
शोका प्रोजेक्ट हेड बिपिनकुमार आचार्यले शो चैतदेखि टिभी र अन्य डिजिटल प्लटफर्ममा आउने जानकारी दिए । शोको प्रिप्रोडक्सन कार्य धमाधम भइरहेको र डिजिटल अडिसन पछाडि फिजिकल अडिसन हुने उनले जानकारी दिए ।
घटस्थापनाको अवसरमा सुरु भएको अन्ताक्षरीको वर्ल्ड वाइड डिजिटल अडिसनमा सहभागी हुन अन्ताक्षरीको ह्वाट्सएप र भाइबर नम्बर ९८६८६३४८०७ मा आफ्नो नाम, नम्बर र ठेगाना खुलाई अन्ताक्षरी खेलेको भिडियो पठाउन सकिने जनाइएको छ ।
पठाएको भिडियोमा अन्ताक्षरीको फर्म्याटमा कम्तिमा ६ वटा गीत गाएर पठाएर डिजिटल अडिसनमा सहभागी हुन सकिने नोबडी प्रोडक्सनले जनाएको छ ।
नोबडि प्रोडक्शनले भदौ २४ गते अन्ताक्षरीका साथै अरू दुई रियालिटी शो सारेगमप लिटिल च्याम्पस् नेपाल सिजन २ का साथै ब्रिलियन्ट ब्रेन्सको पनि घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलाली कारागारमा कैदीबन्दी मृत्यु प्रकरण : सई पक्राउ
-
प्रमुख तीन दलको बैठक स्थगित
-
मन्त्रीले आफ्नो वडा र टोलमा बजेट हाल्नु स्वाभाविक : सांसद ढकाल
-
जनताले अवसर दिए, नेताहरूले देश बिग्रेकाेमा जिम्मा लिनुपर्छ : जनार्दन शर्मा
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु
-
मैले यो देश र नेतृत्व बुझ्नै सकिनँ : चन्द्र भण्डारी