विपद् जोखिम न्यूनीकरण गर्न बजेट अभाव, २० अर्ब आवश्यक पर्ने
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले राष्ट्रिय स्तरमा पूर्व तयारी गर्नको लागि सरकारको बजेटले नपुग्ने बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित उनले राष्ट्रिय स्तरमा पूर्वतयारी गर्नको लागि केही नभए पनि २० अर्ब रुपैयाँ आवश्यक हुने भन्दै बजेटको सीमाभित्र सम्भव नभएको बताए ।
उनले भने, ‘राष्ट्रिय स्तरमा पूर्वतयारी गर्नको लागि केही नभए पनि २० अर्ब रुपैयाँ चाहिन्छ । आगलागी भयो भने गतिलो दमकल छैन । बाहिरबाट ल्याउनुपर्छ । यसबारे अर्थलाई भन्दा सिलिङ छैन भन्ने कुरा आउँछ । गृह मन्त्रालय भित्रबाट वर्षको तीन चार करोड मात्र चालु पुँजी आउँछ । त्यो पैसाले सम्भव छैन । एउटा राम्रो दमकल किन्ने हो भने पाँचदेखि ६ करोड लाग्छ । यसपालि पनि मनसुनमा पाँच सय मिटर बेलिब्रिज चाहिन्छ भनेका थियौँ । त्यो महँगो हुन्छ, त्यसको पैसा घुमिरहेको छ । बजेटको सीमा भित्र सम्भव नै छैन ।’
यस्तै, उनले प्राधिकरणलाई साधन, स्रोतयुक्त बनाउने हो भने मात्र बढ्दो खालको जोखिमलाई घटाउन सकिने बताए ।
उनले भने, ‘विपद् महाशाखा र प्राधिकरण पनि हुँदा अन्योलको अवस्था भयो । यसलाई नीतिगत तरिकाले मिलाउनुपर्छ । प्राधिकरणलाई रिर्फम गरेर मिलाउने हो भने प्रक्रियागत ढिलाइ जुन भइरहेको छ त्यसलाई कम गर्न सक्छौ । प्राधिकरणलाई साधन, स्रोतयुक्त बनाउने हो भने बढ्दो जोखिमलाई घटाउन सकिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिभी र रेडियो सन्देशमा सिरियाका विद्रोही नेताहरुले के भने ?
-
पार्टी एकताका लागि माओवादीले कुन–कुन दलसँग वार्ता गरिरहेको छ ?
-
हिंसा अन्त्य गर्न मर्यादित महिनावारी दिवस मनाइयो
-
लोअर इर्खुवा हाइड्रोको आईपीओ प्रत्याभूति सम्झौताकर्तामा नागरिक लगानी कोष
-
रवि लामिछानेविरुद्ध चार दिन म्याद थप
-
संविधान बनेको ९ वर्ष भइसक्दा समेत थारु र मुस्लिम कोटा निजामती ऐनमा आएन : मन्त्री चौधरी