भैंसेपाटी घटना : हनिट्रयापमा संलग्न आरोपमा थप १ जना पक्राउ
काठमाडौँ । ललितपुरको भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी घर भएकी भिमादेवी थापा छिन् ।
उनलाई इटहरीबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले रातोपाटीलाई बताए । व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा यसअघि सुस्मा बिक र इटहरी घर भएका ताज मूल इस्लाम पक्राउ परेका थिए ।
घटनामा संलग्न इटहरी घर भएका दर्शन पोखरेल फरार छन् । उनीहरू विरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ । ललितपुरको साना गाउँमा घरजग्गा कारोबारीबाट सो समूहले ३० लाख असुलेका छन् । दुई पटकमा २० लाख नगद भिमादेवी थापाको खातामा जम्मा भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
आफूसँग रकम असुल्न प्रहरी प्रभाग भैंसेपाटीकी इन्स्पेक्टर बिनु शाही पनि मिलेको ती व्यवसायीले आरोप लगाएका छन् । डीएसपी नरहरि अधिकारी नेतृत्वको छानबिन समितिको सिफारिसको आधारमा इन्स्पेक्टर शाहीलाई निलम्बन गरिएको छ । शुक्रवार साँझ गृहसचिव गोकर्णमणि दुवाडीले शाहीलाई निलम्बन गर्ने निर्णय गरेका हुन् ।
धनकुटा घर भएर इटहरी बस्ने १९ वर्षीया सुस्मा विकले असोज ६ मा भैंसेपाटी प्रभागमा आफूलाई एक पुरुषले गालीगलौज र धाकधम्की दिएको भन्दै उजुरी दिएकी थिइन् । उजुरी परेपछि बोलाएर छलफल गराएको इन्स्पेक्टर शाहीको भनाई छ । अनुसन्धान अधिकृतहरुसँग शाहीले भनेकी छन्, ‘हामी कहाँबाट दुवै पक्ष मिलापत्र गरेर बाहिरिएका थिए, लेनदेनको कुरा थाहा भएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बीआरआईलाई लिएर अमेरिकी कुटनीतिज्ञको दौडधूपदेखि रविलाई विपक्षी पार्टीहरुको साथसम्म
-
मोहम्मद अल–बशीर सिरियाको अन्तरिम प्रधानमन्त्री नियुक्त
-
१० बजे, १० समाचार : बीआरआईमा अमेरिकी चासोदेखि एनपीएलको रोमाञ्चसम्म
-
परराष्ट्रमन्त्री देउवा र लक्जमबर्गका विदेशमन्त्रीबिच भेटवार्ता
-
आस्थाका आधारमा पक्राउ परेका बन्दीलाई रिहा गर्न बारको माग
-
गण्डकीमा भौतिक पूर्वाधारमा १० वित्तीय र १३ प्रतिशत भौतिक प्रगति