६ दिनमा राष्ट्र बैंकबाट झण्डै दुई हजारले साटे ‘सुकिला नोट’
काठमाडौँ । ६ दिनमा झण्डै दुई हजार जनाले ‘सुकिला नोट’को सटही गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार असोज १३ गतेदेखि आइतबारसम्म सो संख्यामा सर्वसाधारणले नोट सहटी गरेका हुन् ।
यसमध्ये गत साता कार्यालय खुलेको पाँच दिनमा एक हजार ४९९ जनाले ‘सुकिला नोट’ सहटी गरेको राष्ट्र बैंकका सह–प्रवक्ता डिल्लीराम पोखरेलले जानकारी दिए । राष्ट्र बैंकले असोज १३ गते आइतबारदेखि सुकिला नोटको सटही गर्दै आएको छ । शुक्रबारसम्म कार्यालय खुलेको पाँच दिनमा सो संख्या र परिमाणमा नोट साटिएको हो । यसमध्ये आइतबार २३५ जना, सोमबार दिन २८५ जना, मंगलबार दिन २७० जना, बुधबार दिन ३९० जना र शुक्रबार ३१९ जनाले नोट सटही गरेका थिए ।
त्यस्तै, आइतबार ४५० जनाले नोट साटेका थिए । आइतबारको एक दिनमा झण्डै १५ करोड रुपैयाँ बढीको हाराहारीमा नोट सहटी भएको राष्ट्र बैंकले जनाएको छ । यो रकममा पाँच रुपैयाँदेखि एक सय रुपैयाँ दरको भएको नोट सटही मात्रै समावेश गरिएको छ ।
एक साताको अवधिमा झण्डै ६२ करोडको ‘सुकिला नोट’ साटिएको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय नोटकोषबाट गत हप्ताको पाँच दिनमा ६१ करोड ७१ लाख बराबरको नोट सटही भएको नेपाल राष्ट्र बैंकले जनाएको छ, यो शुक्रबारसम्मको तथ्यांक हो ।
त्यसो त, राष्ट्र बैंकले आफू अन्तर्गत देशभरका ‘नोटकोष’ तथा सबै बैंक तथा वित्तीय संस्थाबाट समेत नोट सटहीको व्यवस्था मिलाएको जनाएको छ । यसपटक नयाँ नोट नपाएपछि नोट सटही गर्नेको संख्या ह्वात्तै घटेको छ । अघिल्लो वर्ष झण्डै १५ अर्ब र त्योभन्दा अघिल्लो वषै झण्डै २२ अर्ब रुपैयाँ नोट सहटी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँलेले भूतको आवाज ठानेपछि एक युवक तीन दिनसम्म इनारमा अड्किन बाध्य
-
दिल्ली सरकारले महिलालाई मासिक एक हजार भारु दिने
-
नेप्सेको उत्साह टिकेन, बिहीबार ३३.४२ अंकले घट्यो
-
डीन र क्याम्पस प्रमुखको नियुक्ति पुस ७ गतेभित्र गरिसक्न प्रधानमन्त्रीकाे निर्देशन
-
अबदेखि कीर्तिपुर क्याम्पसमा पीएचडी शिक्षकमात्र हुने
-
नबिल बैंकको १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित