नाकामा तालिम प्राप्त कुकुर परिचालन
कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ । प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार जिल्लाभर आठ सय १५ सुरक्षाकर्मी परिचालन गरिएका छन् ।
“जनशक्ति थप गरेर सुरक्षा जाँचमा कडाइ गरिएको छ,” प्रहरी उपरीक्षक जोशीले भने, “चाडबाडमा शान्ति, सुरक्षा कायम गर्न योजनाबद्ध तयारी गरेका छौँ ।”
भारतसँग सीमा जोडिएको गड्डाचौकी नाकामा तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर मगाएर सुरक्षा जाँच भइरहेको प्रहरी उपरीक्षक जोशीले बताए । “खुला नाका भएकाले लागुऔषधलगायत विष्फोटक पदार्थ भित्रन सक्ने हुँदा तालिम प्राप्त कुकुर परिचालन गरी सुरक्षा जाँच थालिएको हो,” उनले भने ।
प्रहरीले ‘शेरा’ र ‘लैला’ नामका तालिम प्राप्त कुकुर परिचालन गरेको छ । ट्राफिक प्रहरी जनशक्ति पनि थप गरेर सवारी जाँचमा कडाइ गरेको प्रहरी उपरीक्षक जोशीले बताए । भारतबाट आएका यात्रुका लागि गड्डाचौकी नाकामा नागरिक सहायता कक्ष राखिएको छ । महेन्द्रनगर बसपार्क, झलारी, गुलरिया, बेलौरी, पुनर्वासलगायतका स्थानका यात्रु सहायता कक्षबाट समस्यामा परेका यात्रुलाई सहयोग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामजानकी विवाहपञ्चमी : सकियो फूलबारी लीला
-
फ्रान्समा वामपन्थीहरुले पारे प्रधानमन्त्रीलाई अफ्ठ्यारो
-
कर्णालीमा उपनिर्वाचन नतिजा : माओवादीलाई बोनस, कांग्रेसलाई घाटा !
-
१२ बजे, १२ समाचार : उपनिर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिकदेखि तीन दिनमा सकियो रविको बयानसम्म
-
उदयपुरको बेलका- ९ मा माओवादी केन्द्रका भरत घिमिरे विजयी
-
उपनिर्वाचनको मैझारो : माओवादीलाई ‘बोनस’, राप्रपा र रास्वपालाई झट्का !