एक्सटर्सनमा संलग्न एक जना पक्राउ
मङ्गलबार, २२ असोज २०८१, १८ : ३२
काठमाडौँ । आपराधिक लाभ लिने उद्देश्यसहित योजनाबद्ध तवरले डर त्रास देखाई रकम माग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका-३ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-१२ बस्ने अश्विन दानी रहेका छन् ।
दानीलाई पीडितसँग लिएको रकम सहित काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार कपनबाट पक्राउ गरेको हो । प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार उनलाई आपराधिक लाभ लिन नहुने कसुरमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।
दानीलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट चन्द्र बहादुर तामाङको जाहेरीले ठगी मुद्दामा प्रतिवादी कायम भई अनुसन्धान भएको अभिलेखबाट देखिन आएको प्रहरी उपरीक्षक दानीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने
-
भुटानी राजाले झन्डै एक घण्टा बिताए बौद्ध स्तुपामा (तस्बिरहरू)
-
कामना सेवा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत
-
ब्रोकर एसोसिएसनको अध्यक्षका लागि सागर र राजकुमार भिड्दै
-
न्युजिल्याण्डको हिमालमा बेपत्ता भएका तीन आरोहीको मृत्यु
-
कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण