क्लिन र ग्रिन ऊर्जामा नेपालले विश्वमा नेतृत्वदायी भूमिका खेल्नसक्छ : अध्यक्ष कार्की
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले विश्वलाई क्लिन र ग्रिन ऊर्जामा नेपालले नेतृत्वदायी भूमिका खेल्ने बताएका छन् ।
मंगलबार विश्वमा जलविद्युतमा प्रविधि र बजारका विषयमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष कार्कीले क्लिन र ग्रिन ऊर्जामा नेपाल चाँडै विकसित हुने बाटोमा रहेको बताए । उनले नेपालमा उत्पादित क्लिन र ग्रिन ऊर्जा भारत र बंलादेशमा निर्यातको बाटो खुला भएको र भारतमा निर्यात गरिरहेको बताए । उनले भारतसँग १० वर्षमा १० हजार मेगावट र बंलादेशसँग ४० मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता भएको उल्लेख गरे । उनले नेपालले सन् २०४५ सम्ममा शुन्य कार्वन उत्सर्जन गर्ने लक्ष्य लिएको पनि बताए । उनले नेपाल दक्षिण एसियामा जलविद्युत उत्पादन र स्टोरेजको हब भएको बताए । उनले अहिले नै नेपालले वर्षातमा विदेशमा १ हजार मेगावाट विद्युत् निर्यात र सुख्खायाममा नेपालले ७ सय मेगावाट विद्युत् खरिद गरिरहेको बताए ।
अध्यक्ष कार्कीले प्राकृतिक रूपमा नै धेरै जलविद्युत उत्पादन गर्नसक्ने अवस्था रहेको भन्दै ६ हजार मेगावाट भन्दा बढीका २ हजार जलविद्युत आयोजनाहरू निर्माणाधीन अवस्थामा रहेको बताए ।
अध्यक्ष कार्कीले अस्टे«लिया विश्वको जलविद्युत उत्पादन र प्रविधिमा अगाडि रहेको भन्दै नेपालमा अस्टे«लियाको प्रविधि आदानप्रदान गर्न आवश्यक रहेको बताए । उनले नेपाल जलविद्युत उत्पादनमा ठुलो सम्भावना बोकेको देश भएको बताए । उनले अस्ट्रेलियाको जलविद्युत बजार पनि धेरै विकसित र एडभान्स बजार रहेको भन्दै त्यहाँको बजार नीतिका बारेमा पनि नेपालमा जानकारी लिन जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार महासंघ प्रदेश समितिमा धाँधली भएको भन्दै पुनः मतगणनाको माग
-
बेल्जियममा परराष्ट्रमन्त्री राणाविरुद्ध प्लेकार्ड प्रदर्शन गर्नेलाई कारबाहीको माग
-
१२ बजे, १२ समाचार : त्रिविमा एकैपल्ट ८ जना डीन नियुक्तदेखि पत्रकार महासंघमा पहिलो पटक ऐतिहासिक महिला नेतृत्वसम्म
-
‘ए डिभिजन लिग फुटबल क्लब’लाई कम्पनी मोडलमा लैजाने एन्फाको तयारी
-
एनआरएनए इजरायलद्वारा आयोजित खुला वक्तृत्वकला प्रतियोगितामा क्यानडाकी रोचना घिमिरे प्रथम, जितिन् २ लाख
-
त्रिभुवन विश्वविद्यालयद्वारा ८ संकायका डीन नियुक्त