काठमाडौँबाट रामेछाप जाँदै गरेको बस दोलखामा दुर्घटना
काठमाडौँ । काठमाडौँबाट रामेछापको गुप्तेश्वर तर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । दोलखा भीमेश्वर न.पा- ८ चरङ्गेस्थित काठमाडौँ- चरिकोट लामासाघु सडक खण्डमा बा. प्र. ०१००६ ख ४८४३ नम्बरको अरनिको बस दुर्घटना भई सडकमा पल्टिएको हो ।
बसमा ३०/३५ जना रहेकोमा १३ जना घाइते भएका थिए । घाइतेहरू मध्ये च्छो-रोल्पा अस्पतालमा २ जना, सामुदायिक अस्पतालमा २ जना, पशुपति चौलागाई स्मृति अस्पतालमा बालकसहित ४ जना गरी जम्मा ८ जना घाइतेहरूको उपचार भइरहेको प्रहरी सहायक हवल्दार सन्तोष पहरीले जानकारी दिए ।
घाइतेमध्ये उपचार अवस्था २ जना गम्भीर रहेको र ६ जना मध्यम रहेको पहरीको भनाई छ । अन्य उपचार गरेर डिस्चार्ज भएका छन् ।
घटनापछि फरार रहेका बसका चालक २३ वर्षीय रामबहादुर खड्कालाई प्रहरीले घाइते अवस्था जंगलबाट नियन्त्रणमा लिएको थियो । चालकका अनुसार आफू अगाडि रहेको इलेक्ट्रिक भ्यानले अकस्मात् ब्रेक हानेपछि त्यसलाई जोगाउन खोज्दा बस अनियन्त्रित भई सडकको बायाँ साइडमा पल्टिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकप्रति उत्तरदायी भएर काम गर्न मन्त्री यादवको निर्देशन
-
भारतीय रिजर्भ बैंकमा बुधबारदेखि नयाँ गभर्नर, कस्तो होला अबको मौद्रिक कार्यदिशा ?
-
कर्णालीको कमाल, चम्किए गुल्सन, तस्बिरहरू
-
सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा युवक पक्राउ
-
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई ओलीले किन दिएनन् भेट ?
-
सरकारले गलत गतिविधि नसच्याए सशक्त प्रतिवाद गर्छौं : अध्यक्ष प्रचण्ड