सोमबार, १७ मङ्सिर २०८१
ताजा लोकप्रिय

पहिलेभन्दा काठमाडौँमा चहलपहल बढी

आइतबार, २७ असोज २०८१, १५ : ३६
आइतबार, २७ असोज २०८१

काठमाडौँ । बडादसैँमा यसवर्ष काठमाडौँ उपत्यकामा तुलनात्मक रूपमा चहलपहल बढी देखिएको छ । विगत वर्षका दसैँमा भन्दा यस बढी चहलपहल देखिएको हो । फूलपातीदेखि नै सुनसान हुने काठमाडौँका सडकहरू विगतको तुलनामा बढी चहलपहल देखिए । 

असोज दोस्रो साता परेको अविरल वर्षापछि आएको बाढी पहिरोले उपत्यकाबाट बाहिरिने धेरै सडक बिग्रिएकाले काठमाडौँ छाड्नेहरूको सङ्ख्यामा कमी आउँदा यस्तो चहलपहल देखिएको हो । 

चहलपहलका कारण सडकमा सार्वजनिक र निजी सवारी साधन पनि बढी गुडेको देखिन्थ्यो । ट्राफिक प्रहरी कार्यालयले पनि यस वर्ष विगत वर्षभन्दा बढी सवारी साधन सडकमा गुडेको जनाएको छ ।

बाढी पहिरोले बिग्रिएको सडक बनिसकेपनि फेरि समस्या पर्न सक्ने भन्दै यस वर्ष कमै यात्रु मात्र राजधानी बाहिर गएका हुन् । यातायात व्यवसायीहरूले पनि यसवर्ष २० लाख मानिसले काठमाडौँ छाड्ने भनिए पनि करिब १३ लाख मात्र बाहिरिएको बताएका छन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप