भ्रष्ट नेतालाई जनस्तरबाटै बहिष्कार गर्न प्रभु साहको आह्वान
रौतहट । आम जनता पार्टी (जपा)का अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले ‘भ्रष्ट नेता’लाई जनस्तरबाटै बहिष्कार गर्नुपर्ने बताएका छन् । मुलुकमा भ्रष्टाचार, अनियमितता एवं कुशासन बढ्दै गइरहेको बताउँदै उनले भ्रष्टाचारीलाई बहिष्कार नगरेसम्म मुलुक नबन्ने बताएका हुन् ।
बडादसैँ, शुभ दीपावली एवं छठ पर्वको अवसरमा बाराको कोल्हबी र रौतहटको फतुवा विजयपुर नगरपालिकाको दुधिअवामा आज आयोजित छुट्टाछुट्टै शुभकामना अदानप्रदान एवं भेटघाट कार्यक्रममा सहभागी जपा अध्यक्ष साहले समृद्ध मुलुक निर्माणका लागि भ्रष्टाचारलाई जनकारबाही गर्नैपर्ने बताए ।
‘दिनदिनै मुलुकमा भ्रष्टाचार बढ्दै गइरहेको छ । आम जनता लाचार बनेका छन् । भ्रष्ट नेताहरूकै शासन व्यवस्थामा हालीमुहाली रहेको छ । उनीहरूले जनताको पैसा जसरी पनि लुट्ने धन्दा गरिरहेका छन्’ जपा अध्यक्ष साहले भने, ‘समृद्ध नेपाल निर्माणका लागि सबैभन्दा पहिला भ्रष्ट नेताहरूलाई बहिष्कार गर्नपर्छ । उनीहरूलाई सरकारले पनि कारबाही गर्नुको साटो संरक्षण दिइरहेकाले अब त्यस्ता भ्रष्टहरूलाई जनकारबाही गर्न आम जनता तयार हुनुपर्छ ।’
ठुला दल शीर्ष नेताहरू भ्रष्टाचारमा संलग्न भएको र भ्रष्टाचार गरेको पुष्टि हुँदाहुँदै पनि एकले अर्कोलाई बचाउने, जोगाउने र देशमा लुटेर विदेशमा पैसा थुपार्ने काम भइरहेकाले आम जनताले गाउँ गाउँबाट आवाज उठाउनुपर्ने उनले बताए ।
काण्डैकाण्डले मुलुक बदनाम भएको उनले बताए । गिरीबन्धु टी–स्टेट देखी ललिता निवास लगायतका सयौँ काण्डमा ठुला नेताहरूकै संलग्नता पुष्टि भइसकेको उनले बताए । तर सरकार र भ्रष्टाचार निवारण गर्ने निकायहरू त्यस्तालाई कारबाही गर्नुका साटो पुरस्कृत गर्ने काम गरिरहेको आरोप उनले लगाए ।
‘सरकारकै संरक्षणमा भ्रष्टाचार भइरहेको छ । उनीहरू आफै संलग्न छन् । भ्रष्टाचार निवारण गर्ने, भ्रष्टाचारीलाई कारबाही गर्ने निकाय कमिसन लिएर मौन बसेको छ, लाग्छ की उसलाई केही थाहा नै छैन’ साहले भने, ‘यी सबै मिलेर मुलुक लुटेका छन् । नेपालमा लुट्ने र अकुत सम्पत्ति विदेशमा थुपार्ने काम यिनीहरूले गरिरहेका छन् । आज मुलुक कङ्गाल बनेको छ, आर्थिक अवस्था सङ्कटमा छ । तपाई हामी कहिलेसम्म चुप लागेर बस्ने ? अब आवाज नउठाए हाम्रा सन्ततिहरूले हामीलाई नै गाली गर्नेवाला छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभापति लामिछानेलाई पोखरा लगिएको र डायरी गायव पारिएको विषयमा छलफल गर्दै रास्वपा
-
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान
-
पाकिस्तानमा निरंकुशतन्त्र स्थापित भयो : इमरान खान
-
शिक्षकहरूलाई मासिक रूपमै तलब भत्ता उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन
-
दक्षिण कोरियामा राष्ट्रपतिले दिए आफ्नै पार्टीका नेता पक्रने आदेश
-
सेटिङको आधारमा अनियमित सरुवा, सच्याउन अलमल