आजको राशिफल : कस्तो रहनेछ तपाईंको दिन ?
वि.सं. २०८१ साल असोज २९ गते । मङ्गलवार । इस्वी सन् २०२४ अक्टोबर १५ तारिख । नेपाल संवत् ११४४ । कालयुक्तनाम संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४५ । आश्विन शुक्ल पक्ष । तिथि–त्रयोदशी, ४० घडी १४ पला, बेलुकी १० बजेर २० मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–पूर्वाभाद्रपदा, ३७ घडी २३ पला, बेलुकी ९ बजेर १ मिनेट उप्रान्त उत्तरभाद्रपदा । योग–वृद्धि, १९ घडी १० पला, दिउसो १ बजेर ४४ मिनेट उप्रान्त ध्रुव । करण–कौलव, बिहान ११ बजेर १९ मिनेट उप्रान्त तैतिल, बेलुकी १० बजेर १० मिनेट उप्रान्त गर । आनन्दादिमा–काण योग । चन्द्रराशि–कुम्भ, दिउसो ३ बजेर २५ मिनेट उप्रान्त मीन । काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर ४ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३२ मिनेट । दिनमान २८ घडी ४२ पला ।
आजको बार बेला ।
- बिहान ०६ बजेर ०४ मिनेटसम्म रोग बेला ।
- बिहान ६ बजेर ०५ मिनेटदेखि बिहान ७ बजेर ३० मिनेटसम्म उद्वेग बेला ।
- बिहान ७ बजेर ३१ मिनेटदेखि बिहान ८ बजेर ५६ मिनेटसम्म चर बेला ।
- बिहान ०८ बजेर ५७ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म लाभ बेला ।
- बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ४९ मिनेटसम्म अमृत बेला ।
- बिहान ११ बजेर ५० मिनेटदेखि दिउसो १ बजेर १५ मिनेटसम्म काल बेला ।
- दिउसो १ बजेर १६ मिनेटदेखि दिउसो २ बजेर ४१ मिनेटसम्म शुभ बेला ।
- दिउसो २ बजेर ४२ मिनेटदेखि बेलुकी ४ बजेर ७ मिनेटसम्म रोग बेला ।
- बेलुकी ४ बजेर ८ मिनेटदेखि बेलुकी ७ बजेर ७ मिनेटसम्म काल बेला ।
- नोट : शुभ कार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
- राहु काल
दिउसो ४ बजेर ४० मिनेटदेखि बेलुकी ४ बजेर ६ मिनेटसम्म राहु काल रहनेछ ।
नोट : राहु कालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
- ब्रह्म मुहूर्त
बिहान ४ बजेर २८ मिनेटदेखि बिहान ५ बजेर १६ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।
- मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विशिष्ट व्यक्तिहरुको बिचारले प्रभावित बनाउनेछ । सामाजिक कामका विशेष रुचि बढ्नेछ भने राजनीति तथा समाजसेवामा समय दिन सक्दा नाम तथा दाम दुवै कमाउन सकिनेछ । तरल पदार्थ, खाद्यान्न तथा बिलासी सामानको व्यापार फस्टाएर जानेछ । प्रणय सम्बन्धमा एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । साँझपख यात्रा गर्दा ध्यान दिनुहोला ।
- वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सम्मानित काम गरी सबैको मन जित्न सकिनेछ । पारिवारिक माहौलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । परिवारजनको सहयोगले महत्त्वपूर्ण कामहरू बन्ने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूभन्दा निकै नै अगाडि बढी पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । कर्मभूमिको यात्रामा निस्कनु पर्दा आमा बुवा तथा आफन्तहरू दुखी हुनेछन् ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समयले साथ दिने हुँदा सानो प्रयत्नले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । धर्म तथा धर्म विस्तारको लागी समय दिनु पर्नेछ भने संस्कार परिवर्तनमा तपाईँको भूमिका महत्त्वपूर्ण हुनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । सामाजिक क्षेत्रमा तपाईँको उच्च स्तरको सहभागिता रहनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले उत्तम रहेको छ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । लामो समय देखिको प्रेममा अविश्वास बढ्न सक्छ । आफन्त तथा दिदी बहिनीसँग विवाद सिर्जना हुनेछ । व्यापार व्यवसायमा आम्दानी बढाउन निकै नै समय खर्चनु पर्नेछ । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । साँझपख लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।
- सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न उपहार पाइनुका साथै आय आर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान पाइने समय छ । साथीभाइको साथमा रमाइलो यात्रा गर्न सकिनेछ भने यात्राबाट सकारात्मक नतिजा हात लागि हुने योग रहेको छ । साँझपख यात्रा गर्दा ध्यान दिनुहोला ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामीप्य बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । पुरानो रोग तथा समस्याहरू स्वतः ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ । अध्ययनमा थाती रहेको गृहकार्य सकाउन सकिनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) शिक्षा क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे आम्दानी हुनेछ । सन्तान वृद्धिको योग रहेको छ धने सन्तानको प्रगति देख्न पाइनेछ । धर्म शास्त्र तथा अध्यात्म ज्ञानमा विशेष चासो बढ्नेछ । प्रेम गर्ने जोडीहरूले आफ्ना भावना खुलेरै साटासाट गर्नको लागी समयले साथ दिनेछ भने उपहार पाइने हुनाले मन प्रसन्न हुनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ ।
- बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) माया प्रेममा सामान्य खटपटको योग रहेको छ भने जीवन साथीको सहयोग रहने छैन । राजनीति तथा समाजसेवामा प्रशस्त समय खर्चिए पनि उपलब्धि न्यून हुनेछ । समय तथा परिस्थितिको अध्ययन बिना चल्नाले दुख पाइनेछ । व्यापार व्यवसायमा लगानी गरे पनि प्रतिफल पाउन निकै नै सङ्घर्ष गर्नुपर्नेछ । साँझपख समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेममा सामीप्य बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन्। रोकिएर बसेका कामहरू बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकीहरू माझ राम्रो कामगरि प्रसिद्धि कमाउन सकिनेछ । सामाजिक सम्बन्धहरू सुदृढ भएर जानेछन् भने दाजुभाइ तथा बन्धुबान्धबको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धी परास्त हुनेछन् ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) परिवार तथा नजिकका मानिसबाट तपाईँको काममा सहयोग प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । काम देखाएर लाभ उठाउने समय छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पढ्ने लेख्नेकाममा मन जाने हुनाले सफलता हात लाग्नेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छोडेर अग्रपंतिमा आउन सकिनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यवसाय फस्टाएर भने लगानीको नयाँ वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरीको योग रहेको छ । राजनीतिमा पद प्राप्तिको योग रहेको छ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वदेशी सामानको उत्पादन तथा बिक्रि घट्न सक्छ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छी गर्ने बानिले कामहरू बिग्रन सक्छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ । साँझपख राम्रा काम गर्न सकिने हुनाले मान सम्मानमा वृद्धि हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौरीशंकर गाउँपालिकामा एमाले अगाडि
-
‘माटोको सुधार : परीक्षण, रेखदेख र उपचार’ भन्ने नाराका साथ विश्व माटो दिवस मनाइँदै
-
कोशीमा भण्डारी नयाँ मन्त्री नियुक्त, अझै एक मन्त्रालय खाली
-
दुर्घटना रोक्न ट्राफिक चेकिङ, तर चेकिङले नै गरायो दुर्घटना
-
किन चाहिन्छ डोपामाइन ?
-
तीन दिनमा सकियो रविको बयान, सामना गरे ७४ प्रश्न